मतदान केन्द्र समावेशी बनाउन आवश्यक
काठमाडौँ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले मतदान केन्द्र थप समावेशी बनाउन सुझाव दिएको छ । एफडब्लुएलडीले आइतबार आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै मतदान केन्द्रहरु थप लैङ्गिक, अपाङ्गता तथा समावेशीमैत्री बनाउन आवश्यक रहेको बताएको छ ।
एफडब्लुएलडीको नेतृत्वमा विभिन्न १५ वटा गैरसरकारी संस्थाले उक्त सुझाव दिएका हुन् । एफडब्लुएलडीका अधिवक्ता सागर पाठकले मतदान हुनुअघि मतदानस्थल, मतदानको समय र मतगणनाको अवस्थालाई ‘लैङ्गिक समानता र सामाजिक समावेशीकरण विधि’बाट प्रतिवेदन तयार पारिएको जानकारी गराए।
उनले सात प्रदेशका २४ जिल्लाका १६० मतदान केन्द्रको अवलोकन गरेर प्रतिवेदन तयार पारिएको जानकारी दिए । एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले निर्वाचन आयोगले तयार पारेको निर्देशिकाअनुसार मतदान केन्द्र बनाउनुपर्नेमा जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए सर्वाधिक गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण