‘अमेरिका–इजरायलले इरानलाई टुक्र्याउने योजना बनाइरहेका छन्’
तेहरान । इरानका एक प्राध्यापकले अमेरिका र इजरायलले इरानलाई टुक्र्याउने योजना बनाइरहेको आरोप लगाएका छन् ।
तेहरान विश्वविद्यालयका प्राध्यापक फोआद इजादीले अल जजिरासँग कुरा गर्दै अमेरिका र इजरायलले इरानलाई विखण्डन गर्ने योजना बनाएको दाबी गरेका हुन् । उनका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युद्धपछि इरानको नक्सा पहिलेजस्तो नदेखिन सक्ने संकेत दिएको टिप्पणीले अमेरिका र इजरायलले यस्तो खालको योजना बनाएको देखाउने इजादीले भनेका छन् ।
इजादीका अनुसार अमेरिका र इजरायलले इरानलाई ‘बाल्कनाइज’ अर्थात् स–साना भागमा विभाजन गर्ने रणनीति बनाएको हुन सक्छ । ट्रम्पको ध्यान विशेषगरी पर्सियन गल्फ (अरेबियन गल्फ) वरिपरिका तेलसम्पन्न क्षेत्रतर्फ रहेको उनले बताए । ‘मलाई लाग्छ कि ट्रम्प इरानको तेलमा धनी क्षेत्रहरू छुट्याउन इच्छुक छन्, जुन पर्सियन खाडीको उत्तरी भागमा अवस्थित छ । उनले सम्भवतः कसैलाई तेल–धनी क्षेत्रहरूको जिम्मेवारी दिनेछन्, र बाँकी इरानको उनलाई खासै धेरै काम हुनेछैन,’ अरेबियन खाडी भनेर पनि चिनिने खाडीलाई पनि उल्लेख गर्दै उनले भने ।
इरानको अन्य हिस्सा छिमेकी देशले लिन सक्ने वा त्यत्तिकै छोडिने अवस्था आउन सक्ने पनि उनले बताए । ‘ट्रम्पलाई तेल मन पर्छ– उनलाई भेनेजुएलाको तेल मन पर्छ, उनलाई इरानको तेल पनि मन पर्छ,’ इजादीले भने
यसका लागि नेता नभएको काम नगर्ने सरकार चाहिनेमा पनि उनले जोड दिएका छन् । इजरायल र अमेरिकाले सम्भवतः इरानी राष्ट्रपतिलाई समेत मारेर इरानको सरकार ढाल्ने अनि नक्सा फेर्न सक्ने इजादीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र मोरक्कोबिच प्रतिस्पर्धा सुरु
-
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
-
गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर मरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण