म जनताको सेवामा सदैव समर्पित रहनेछु : प्रभु साह
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रौतहट आफ्नो लागि सिर्फ एक निर्वाचन क्षेत्र मात्र नभएर जीवनकै अभिन्न हिस्सा एवम् परिवार भएको बताएका छन् । रौतहट–३ रास्वपा बाट निर्वाचित रविन्द्र पटेललाई जितको लागि बधाई दिँदै साहले यस्तो बताएका हुन् ।
उनले रौतहटको माया र साथ नै आफ्नो ऊर्जाको स्रोत भएको बताएका छन् । यसपटकको निर्वाचनलाई सुनामी माहौलको संज्ञा दिँदै यस्तो अवस्थामा पनि आफूलाई विश्वास गरेर मत दिनेहरूप्रति ऋणी रहेको साहको भनाइ छ ।
उनले लेखेका छन्–'यस निर्वाचनमा मतदाताको अभिमतलाई सहर्ष स्वीकार्दै रौतहट क्षेत्र न.– ३ मा विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रविन्द्र पटेलजीलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । चुनावमा हार र जीत एउटा स्वाभाविक प्रक्रिया हो । तर रौतहट मेरा लागि सिर्फ एउटा निर्वाचन क्षेत्र मात्र होइन, यो मेरो जीवनको अभिन्न हिस्सा एवं परिवार हो । रौतहटको माया र साथ नै मेरो ऊर्जाको श्रोत हो । यहाँका जनताको स्नेह मेरो लागि पद र शक्तिभन्दा धेरै माथि र अमूल्य छ । यसर्थ म जनताको सेवामा सदैव समर्पित रहनेछु ।’
साहले थप भनेका छन्–‘यो सुनामी माहौलमा पनि मलाई विश्वास गरेर मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरू प्रति म ऋणी छु । तपाईँहरूको यो गुण म कहिल्यै बिर्सने छैन । यस चुनावी अभियानमा निरन्तर सक्रिय र उत्साहका साथ खट्नुहुने हाम्रा पार्टीका नेता कार्यकर्ता तथा सम्पूर्ण समर्थक शुभचिन्तक एवं कलाकारहरू प्रति विशेष आभार सहित धन्यवाद व्यक्त गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण