कोशीमा १६ सिट जितेकाे रास्वपाले तीन जिल्लामा गर्याे क्लिनस्वीप
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये १६ सिटमा जित हासिल गरेको छ।
- रास्वपाले झापा, मोरङ, उदयपुर र ओखलढुंगामा क्लिन स्वीप गर्दै ठूला दलका नेताहरूलाई पराजित गर्यो।
- केपी ओली, विश्वप्रकाश शर्मा, राजेन्द्र लिङ्देन र शेखर कोइराला जस्ता नेताहरूले आफ्नै गृहजिल्लामा हार व्यहोर्नु परेको छ।
विराटनगर । कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लैले १६ सिटमा जित दर्ता गराएको छ । सुनसरी– ४ मा मतगणना जारी रहँदा त्यहाँ पनि रास्वपा अगाडि छ ।
रास्वपाले झापाका ५, मोरङका ६ र उदयपुरका २ गरी कुल १३ वटा निर्वाचन क्षेत्रमा सानदार विजय हासिल गरेको छ । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले पराजित गरे ।
त्यस्तै, झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई रास्वपाका प्रकाश पाठकले पराजित गरे । झापा–२ मा पूर्वउपसभामुख इन्दिरा राना मगरले ६० हजार ११० मतका साथ पूर्वसभामुख देवराज घिमिरेलाई ठूलो मतान्तरले पछि पारिन् ।
झापा–१ मा रास्वपाकी निशा डाँगी र झापा–४ मा शम्भु प्रसाद ढकालले जित निकाल्दै झापामा रास्वपाले क्लिनस्वीप गर्याे ।
यस्तै मोरङका ६ वटै क्षेत्रमा रास्वपाले क्लिन स्वीप गर्दै ठूला दलहरूको संगठनलाई विस्थापित गरिदिएको छ । मोरङ–६ मा कांग्रेसका नेता डा. शेखर कोइराला रास्वपाकी रुविना आचार्यसँग पराजित भए । मोरङ–३ मा रास्वपाका गणेश कार्कीले चर्चित मेडिकल व्यवसायी तथा कांग्रेस नेता डा. सुनिल शर्मालाई ३६ हजार ९२४ मतका साथ स्तब्ध बनाए ।
मोरङ–४ मा कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई रास्वपाका सन्तोष राजवंशीले भारी मतान्तरले पराजित गरे । मोरङ–१ मा यज्ञमणि न्यौपाने, मोरङ–२ मा कृष्ण कार्की र मोरङ–५ मा आशा झाले विजय हासिल गर्दै मोरङमा नयाँ राजनीतिक अध्यायको सुरुवात गरे ।
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाले सानदार जित निकालेको छ । क्षेत्र नम्बर १ मा पारश मणि गेलालले ३० हजार ५९० मत प्राप्त गरी श्रम संस्कृति पार्टीका राजेश कुमार राईलाई पराजित गरे । क्षेत्र नम्बर २ मा सूर्य बहादुर तामाङले एमालेका अम्बर बहादुर रायमाझीलाई पराजित गर्दै घन्टी बजाए । यस्तै ओखलढुंगामा पनि रास्वपाका विश्वमणि पोखरेलले काँग्रेसका कुमार लुइँटेललाई पराजित गरे ।
कोशीमा अब इलाम १, संखुवासभा र सुनसरी ४ नम्बर क्षेत्रको अन्तिम मत परिणाम आउन बाँकी छ । त्यहाँ अहिले पनि मतगणना जारी छ । जसमध्ये इलाम १ र संखुवासभामा एमालेका उम्मेद्वारको अग्रता छ भने सुनसरी ४ मा रास्वपाका उम्मेद्वार अगाडि छन् ।
घोषित २५ निर्वाचन क्षेत्रको मतपरिणाम अनुसार काँग्रेसबाट तेह्रथुमका सन्तोष सुब्बा, सोलुखुम्बुका प्रकाश सिंह कार्की र पाँचथरका नरेन्द्रकुमार केरुङ विजयी बनेका छन् । श्रम संस्कृति पार्टीबाट खोटाङका आरेन राई, भोजपुरका ध्रुवराज राई र सुनसरी १ का हर्कराज राई विजयी बने । एमालेले ताप्लेजुङबाट क्षितिज थेबे र इलाम २ बाट सुहाङ नेम्वाङ र धनकुटाबाट राजेन्द्र राईले जित हात पारे । यसअघि तीन सिट जितेको नेकपा र १ सिट जितेको राप्रपा भने यसपटक शून्यमा सिमीत भएका छन् ।
यस पटक केपी ओली, विश्वप्रकाश शर्मा, राजेन्द्र लिङ्देन र शेखर कोइराला जस्ता राष्ट्रिय कदका नेताहरूले आफ्नै गृहजिल्लामा हार व्यहोर्नु पर्यो । १६ वटा क्षेत्रमा जित निकाल्दै गर्दा रास्वपाले झापा, मोरङ, उदयपुर र ओखलढुंगामा क्लिन स्वीप गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण