तीन ठुला शक्ति मिल्दा पनि सुदूरपश्चिममा नेकपा निल, कसले कति मत ल्याए ?
सारांश
- नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र भीम रावलको समूहले सुदूरपश्चिम प्रदेशमा एउटा पनि सिट जित्न सकेनन्।
- अछाममा भीम रावल र कञ्चनपुरमा बिना मगर लगायतका नेताहरू पराजित भए, जसले चुनावी नतिजालाई निराशाजनक बनायो।
- चुनाव हारेपछि नेताहरूले जनताको सेवक भएर काम गर्ने र पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता जनाए।
धनगढी । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेता भीम रावलको समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिम प्रदेशमा एक सिट पनि जित्न सकेन ।
चुनावअघि भव्य एकता घोषणा गर्दै ९ वटै जिल्लामा जनलहर आएको दाबी गरेको यो पार्टीले प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्ये एउटा पनि सिटमा जित्न नसकेको हो ।
तामझामका साथ जनताको मत जित्न होमिएको भनिए पनि नतिजा शून्य आएपछि यो समीकरण असफल देखिएको छ ।
पार्टीको सबैभन्दा ठुलो भरोसा अछाम क्षेत्र नम्बर १ मा थियो । त्यहाँ नेता भीमबहादुर रावल उम्मेदवार थिए । जित्ने आस गरिएका रावल १० हजार २ सय ३३ मतमा सीमित हुँदै पराजित भए ।
त्यस्तै, अछाम क्षेत्र नम्बर २ मा बलबहादुर कुँवरले ६ हजार ४ सय ९३ मत मात्र प्राप्त गर्न सके ।
बझाङ जिल्लामा मीनबहादुर कुँवरले ९ हजार ७ सय ५७ मत ल्याए भने बाजुरामा प्रकाशबहादुर शाह ३ हजार ३ सय १ मतमा खुम्चिए ।
कैलाली र कञ्चनपुरजस्ता तराईका जिल्लाहरूमा पनि नेकपाका चर्चित अनुहारहरू पराजित भएका छन् ।
कञ्चनपुर क्षेत्र नम्बर १ मा नेतृ विना मगरले ११ हजार १ सय १० मत ल्याइन् भने कैलाली क्षेत्र नम्बर ३ मा वीरमान चौधरीले ११ हजार ९ सय ८३ मत प्राप्त गरे पनि तर दुवैले जित निकाल्न सकेनन् ।
कैलाली क्षेत्र नम्बर ५ मा प्रेमबहादुर आले ७ हजार ८ सय ७६ मतमा सीमित भए । कैलालीका पाँच वटा क्षेत्रहरू १ मा रामलाल डगौरा थारुले ८ हजार ३ सय ९२, क्षेत्र नम्बर २ मा नन्दबहादुर साउँदले ४ हजार ३६९ र क्षेत्र नम्बर ४ मा हरिराम चौधरीले ५ हजार ६ सय ९ मत प्राप्त गरे ।
यस्तै क्षेत्र नम्बर ५ मा प्रेम आलेले ७ हजार ८ सय ७६ मत ल्याउँदै पराजित भए ।
यसै गरी, कञ्चनपुर क्षेत्र नम्बर २ मा माधवप्रसाद पन्तले ६ हजार ३३७ मत ल्याए । यस्तै क्षेत्र नम्बर ३ मा मानबहादुर सुनारले ४ हजार २ सय ८४ मत ल्याए । क्षेत्र नम्बर ३ मा मानबहादुर सुनारले ४ हजार २ सय ८४ मत ल्याए ।
सुदूरपश्चिमका पहाडी जिल्ला डोटीमा प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट ५ हजार ४१३ मतमा समेटिए भने डडेलधुरामा मानसिंह मालले ६ हजार ८३४ मत प्राप्त गरे । दार्चुलामा लक्ष्मणदत्त जोशीले ३ हजार ६५ मत र बैतडीमा परमानन्द भट्टले ६ हजार ९ य ६५ मत ल्याए । यसरी सुदूरपश्चिममा एक सिट पनि जित्न नसके पनि पार्टीका नेताहरूले हरेस नखाने र अझ सशक्त रूपमा जनताको सेवक भएर काम गर्ने प्रतिक्रिया दिएका छन् ।
शनिवार नेता भीम रावलले चुनाव हारे पनि सडकबाटै जनताको आवाज बोल्ने बताएका थिए । उनले हारबाट अझै पार्टीलाई अगाडी बढाउन बलियो भएर लाग्ने घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
-
खाँदबारी–किमाथाङ्का सडक खण्ड पहिरोले अवरुद्ध
-
मदनकृष्णको जीवनीमा फिल्म बन्ने, मुख्य भूमिकामा महेश र केकी
-
शुभ होटलमा पौडेललाई आएको अशुभ समाचार, बोल्नै नपाई पक्राउ परे
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण