ला लिगाः सेभिल्ला र रायो भालेकानोबिचको खेल १–१ को बराबरी
सोमबार, २५ फागुन २०८२, ०२ : ५५
सारांश
- सेभिल्ला र रायो भालेकानो बीचको खेल १-१ गोलको बराबरीमा टुङ्गियो।
- सेभिल्लाका अकोर एडम्सले १३औँ मिनेटमा गोल गरेर अग्रता दिलाए।
- रायो भालेकानोका अल्फोन्सो एस्पिनोले ५०औँ मिनेटमा गोल फर्काए।
काठमाडौँ। स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा सेभिल्ला र रायो भालेकानोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलको सुरुवातमै आक्रामक देखिएको सेभिल्ला १३ औँ मिनेटमा अग्रता लिएको थियो। सेभिल्लाका लागि अकोर एडम्सले गोल गर्दै टोलीलाई १–० को स्थितिमा पुर्याएका थिए । पहिलो हाफमा १–० ले पछि परेको रायो भालेकानोले दोस्रो हाफको सुरुवातमै खेलमा पुनरागमन गर्यो ।
खेलको ५०औँ मिनेटमा रायो भालेकानोका तर्फबाट अल्फोन्सो एस्पिनोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन सकेन र खेल बराबरीमा टुङ्गियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण