प्रकाशशरण महतको नजरमा यस्ता छन् आफ्नो हारका कारण
सारांश
- कांग्रेस नेता डा. प्रकाशशरण महतले निर्वाचनमा हारपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरे।
- उनले मतदाताको असन्तुष्टि, सामाजिक सञ्जालको प्रयोग र भदौ २३ गतेको घटनालाई हारको कारण माने।
- महतले आगामी दिनमा क्षेत्रको विकास र जनताको सेवामा लागिरहने प्रतिबद्धता जनाउँदै विजयी उम्मेदवारलाई बधाई दिए।
काठमाडौँ । निर्वाचनमा पराजय व्यहोरेपछि कांग्रेस नेता डा. प्रकाशशरण महतले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले यस पटकको निर्वाचनमा देखिएको परिणामलाई अस्वाभाविक भन्दै स्थापित पार्टीहरूप्रति मतदाताको असन्तुष्टि र सामाजिक सञ्जालको नियोजित प्रयोगलाई हारको मुख्य कारण मानेका छन्।
महतले भदौ २३ गतेको घटनाको प्रभावका कारण पनि चुनावी नतिजा प्रभावित भएको उल्लेख गरे। आफू पराजित भए पनि प्रतिकूल अवस्थामा साथ दिने मतदाता र पार्टी कार्यकर्ताप्रति उनले आभार प्रकट गरेका छन्। महतले आगामी दिनमा पनि क्षेत्रको विकास र जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता जनाउँदै विजयी उम्मेदवार तिमिल्सिनालाई बधाई तथा शुभकामना दिएका छन्।
उनले लेखेका छन्, ‘यस पटकको आम निर्वाचनमा देखिएको अस्वाभाविक परिणामका पछाडि स्थापित पार्टीहरू प्रति मतदाताहरूको असन्तुष्टि, सामाजिक सञ्जालको नियोजित प्रयोग, भदौ २३ गतेको घटनाको प्रभाव लगायतका धेरै कारणहरू छन्। यसको विश्लेषण हुने नै छ। नेपाली कांग्रेस पार्टी यो प्रभावबाट अछुतो रहेन। नुवाकोट–१ मा पनि यसको प्रभाव रह्यो। यस्तो प्रतिकूलताका बाबजुद पनि प्रतिस्पर्धी मत दिएर म र मेरो पार्टीलाई विश्वास गर्नुहुने सम्पूर्ण मतदाताहरूप्रति आभारी छु र धन्यवाद दिन चाहन्छु। यस क्षेत्रको विकास र जनताको सेवामा सधैँझैँ लागिरहने नै छु। चुनाव प्रचार–प्रसार अभियानमा अहोरात्र खटिने सम्पूर्ण पार्टीका साथीहरू, शुभचिन्तक र समर्थक सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। निर्वाचित रास्वपाका उम्मेदवार डा. विक्रम तिमिल्सिनालाई बधाई र शुभकामना व्यक्त गर्दछु।’
आइतबार राति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार तिमिल्सिना २२ हजार ६०९ मतसहित विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी महतले १८ हजार ५९७ मत प्राप्त गरे।
यस्तै नेकपाका हितबहादुर तामाङले १३ हजार ३७७ मत ल्याउँदा नेकपा एमालेका बद्री मैनाली ८ हजार ९३२ मतमा सीमित भए। नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा जित निकाल्दै रास्वपाले क्लिन स्वीप गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण