राष्ट्रिय दलको मान्यता पाउने बाटोमा लम्किँदै राष्ट्रिय श्रम संस्कृति पार्टी
सारांश
- धरानका पूर्वप्रमुख हर्क साम्पाङको राष्ट्रिय श्रम संस्कृति पार्टीले राष्ट्रिय दलको मान्यता पाउने सम्भावना बढेको छ।
- पार्टीले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३ सिट जितिसकेको छ, र समानुपातिकतर्फ पनि राम्रो मत ल्याएको छ।
- राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउनुपर्नेमा पार्टी थ्रेसहोल्ड कटाउने संघारमा छ।
काठमाडौं । धरान उपमहानगरपालिकाका पूर्वप्रमुख हर्क साम्पाङले गठन गरेको ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ राष्ट्रिय दलको मान्यता पाउने दिशामा अगाडि बढेको छ । यो पार्टीले निर्वाचन आयोगबाट कात्तिक १६ गतेमात्रै निर्वाचन आयोगबाट मान्यता पाएको थियो ।
सोही पार्टीले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३ सिट जितिसकेको छ । पार्टी अध्यक्ष साम्पाङले सुनसरी–१ बाट निर्वाचन जितेका छन् भने खोटाङ र भोजपुरमा पनि सो पार्टीका उम्मेदवार निर्वाचित भइसकेका छन् । मतगणना जारी रहेको इलाम–१ मा पनि पार्टी उम्मेदवार प्रतिष्पर्धामा छन् ।
राष्ट्रिय पार्टी बन्नका लागि प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ खसेर सदर भएको मतको ३ प्रतिशत ल्याउनै पर्ने व्यवस्था कानुनमा छ । श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितिसकेको छ भने समानुपातिकतर्फ अहिलेसम्म भएको गणनामा २ लाख ८९ हजार ९ सय ६१ मत ल्याइसकेको छ ।
समानुपातिकतर्फ १ करोड ९ लाख ७७ हजार ७११ मत खसेको छ । त्यसका लागि हाराहारी ३ लाख १३ हजार मत पाउनुपर्ने हुन्छ । अहिले ८२ लाख ९९ हजार ६५० मत गन्दा त्यतिमात्रामा मत आएकाले थ्रेसहोल्ड कटाउने सम्भावना देखिन्छ । समानुपातिक तर्फ सिट पाउन कूल सदर मतको ३ प्रतिशत मत कटाउनुपर्ने संवैधानिक व्यवस्थालाई नै थ्रेसहोल्ड भनिन्छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् । समानुपातिक तर्फकोसमानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्नेछ ।
निर्धारित संख्यामा समानुपातिक कलष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण