सर्लाही र सिन्धुलीमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
सारांश
- सर्लाही र सिन्धुलीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
- सर्लाहीको कविलासी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भयो, अर्का घाइते छन्।
- सिन्धुलीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ, प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । सर्लाही र सिन्धुलीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सर्लाहीको कविलासी नगरपालिका-७ गैरस्थित सडकमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।
गैरबाट कविलासीतर्फ जाँदै गरेको बिआर ३० एपि २३१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका चालक कविलासी नगरपालिका-८ का २३ वर्षीय पपु साहको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको छ। सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनालाई थप उपचारका लागि वीरगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ।
यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका-९ इनारपानीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। सिन्धुलीबाट दुधौलीतर्फ जाँदै गरेको प्र.१-०५-००१ प ९५५७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने ८२ वर्षीया कौशिला माया गिरीको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएकी गिरीलाई तत्काल उपचारका लागि शुभस्वस्तिक अस्पताल बर्दीबास पुर्याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भयो। दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण