योगेश भट्टराई भन्छन्– हामी मरेका होइनौ, ढलेका मात्र हौँ
सारांश
- एमाले उपमहासचिव योगेश भट्टराईले निर्वाचनको नतिजालाई लिएर पार्टी 'ढलेको' बताए।
- भट्टराईले पार्टीको हारको जिम्मेवारी नीति, कमिटी र नेताहरू सबैले लिनुपर्ने बताए।
- उनले पार्टीभित्र गम्भीर छलफल र आत्मसमीक्षाको बाटोमा हिँड्न एमालेजनलाई आग्रह गरे।
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनमा आएको पार्टीको लज्जास्पद नतिजालाई लिएर आफूहरू ‘मरेको नभई ढलेको मात्र’ भएको बताएका छन् ।
उपमहासचिव भट्टराईले सोमबार सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै नेकपा एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र होइन जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबैले भागीदारी बोक्नुपर्ने बताएका छन् ।
‘त्यसमा पनि नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय कमिटी, केन्द्रीय सचिवालयले नै जस अपजसको भारी बोक्नु पर्दछ’, भट्टराईले नेतृत्वलाई प्रश्न गर्दै भनेका छन्, ‘यो सबैको जवाफदेहिता फेरि पनि प्रमुख नेताकै रहन्छ । सफलता वा असफलता पछिको जबाफदेहिताको कार्यान्वयन कसरी हुन्छ ?’ साथै उनले पूर्वाग्रह, भावना र षड्यन्त्रको सिद्धान्तबाट माथि उठेर पार्टीभित्र यसबारे गम्भीर छलफल गर्नुपर्नेमा जोड दिएका छन् ।
भट्टराईले सात बुँदामा लेखेका छन्, ‘कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौ । सही नीति, सही सङ्गठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैली मार्फत हामी उठने छौँ र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरि उठाउने छौँ । ’
संयम र धैर्यताका साथ पार्टीको एकता जोगाउन र सही मार्गमा अघि बढ्न र आत्मभर्त्सना होइन आत्मसमीक्षाको बाटोमा हिँड्न भट्टराईले एमालेजनलाई अपिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण