समानुपातिकतर्फ ९२ लाख मत गणना हुँदा कुन दलको मत कति ?
सारांश
- प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ ९२ लाखभन्दा बढी मत गणना भइसकेको छ।
- निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।
- नेपाली कांग्रेस, नेकपा एमाले लगायतका अन्य दलहरूले पनि मत प्राप्त गरेका छन् ।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ९२ लाखभन्दा बढी मत गणना भइसकेको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म ९२ लाख ९९ मत गणना भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४८.३१ प्रतिशत मत प्राप्त गर्दै पहिलो स्थान ओगटेको छ ।
यस्तै, नेपाली कांग्रेसले १६.१६ प्रतिशत, नेकपा एमालेले १३.५५ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिस्ट पार्टीले ७.२७, श्रम संस्कृति पार्टीले ३.४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.२३ प्रतिशत मत प्राप्त गरेको छ ।
अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले ४४ लाख ४४ हजार ५१० मत समानुपातिकतर्फ प्राप्त गरेको छ । नेपाली कांग्रेसले १४ लाख ८६ हजार ४०३ मत प्राप्त गरेको छ ।
नेकपा एमालेले भने १२ लाख ४६ हजार १९२ मत प्राप्त गरेको छ । यसैगरी नेपाली कम्युनिस्ट पार्टीले ६ लाख ६९ हजार १३०, श्रम संस्कृति पार्टीले ३ लाख १८ हजार ४५६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ९७ हजार २०१ मत पाएको छ ।
जनता समाजवादी पार्टीले अहिलेसम्म समानुपातिकमा एक लाख ४२ हजार ६९९ मत पाएको छ । राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ३९ हजार ३४५ मत पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
-
रास्वपा महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि, अझै सुरु भएन बन्दसत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण