इलाम –१ मा कांग्रेसका निश्कल राई निर्वाचित
इलाम । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर १ मा निश्कल राई निर्वाचित भएका छन् । हालै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार राई १४ हजार ५४३ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टी (माटो चुनाव चिन्ह) का विनोद नेम्वाङ लिम्बुले १३ हजार ६३२ मत प्राप्त गरेका थिए । उक्त क्षेत्रबाट नेकपा एमालेले ११ हजार ९६६ मत प्राप्त गरेको छ ।
यस निर्वाचनमा निकै चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विमल गदाल (घण्टी चुनाव चिन्ह) ले ९ हजार १६० मत प्राप्त गरे । पूर्वमा श्रम संस्कृति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको लहरबिच कांग्रेसले आफ्नो पुरानो विरासत जोगाउन फर्काउन सफल भएको हो ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालको क्षेत्र मानिने यहाँ उनको दल नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राईले ७ हजार ६६५ मत प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको राजनीतिक प्रतिवेदन : परम्परागत ‘वामपन्थी’ र ‘दक्षिणपन्थी’ होइनौँ
-
डेढ लाख ऋण, चार लाख तिरिसक्दा पनि सकिएन अनि त्यागिन् प्राण
-
गुण्डुमा एमाले सचिवालय बैठक
-
रास्वपाको अर्थ राजनीतिक प्रस्ताव : प्रदेश सभा खारेज, स्थानीय तह कटौती (पूर्णपाठ)
-
पुरानो स्टक सकिन लाग्यो, राहदानी छपाइ अब के हुन्छ ?
-
सकियो रास्वपाकाे बन्दसत्र, बालेन र रविले गरे अङ्कमाल (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण