प्रतिनिधि सभा निर्वाचन: १६५ वटै क्षेत्रको नतिजा सार्वजनिक, कसले कति सिट जिते ?
सारांश
- प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ वटै क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भयो।
- राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जितेर देशभर ऐतिहासिक जित हासिल गर्यो।
- नेपाली कांग्रेसले १८ र नेकपा एमालेले ९ सिट जिते भने अन्य दलको पनि उपस्थिति रह्यो।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका सबै १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर ऐतिहासिक जित हासिल गरेको छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १२५ सिट जित्दै पहिलो दल बनेको छ ।
त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ सिट जित्न सफल भएको छ भने नेकपा (एमाले) ले ९ सिट जितेको छ ।
तेस्रो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ८ सिट जितेको छ भने नयाँ उदय भएको श्रम संस्कृति पार्टीले ३ सिट जित्दै उत्साहजनक उपस्थिति जनाएको छ ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ भने एक जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् । म्याग्दी १ बाट पूर्व शिक्षामन्त्री महावीर पुन स्वतन्त्र उम्मेदवारी दिँदै विजयी भएका हुन् ।
यससँगै देशभरका १६५ निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना कार्य समाप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण