मोदीलाई धन्यवाद दिँदै ‘डेभलपमेन्ट डिप्लोमेसी’ मा रवि लामिछानेको जोड
सारांश
- रास्वपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।
- प्रधानमन्त्री मोदीले लामिछाने र बालेन्द्र शाहलाई टेलिफोन गरी निर्वाचनको जितको बधाई दिएका थिए।
- लामिछानेले नेपाल-भारत सम्बन्धलाई कनेक्टिभिटी, पर्यटन, ऊर्जा र व्यापारमा सहकार्य बढाउने बताए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीले सोमबार रास्वपा सभापति लामिछाने र सो पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई टेलिफोन गरी हालै सम्पन्न निर्वाचनमा हासिल गरेको जितका लागि बधाई तथा शुभकामना दिएका थिए । साथै उनले नयाँ सरकार गठनका लागि पनि शुभकामना दिएका थिए ।
यसको प्रत्युत्तरमा लामिछानेले सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदै नेपाली जनताले दिएको लोकतान्त्रिक जनादेशको सम्मान गरेकोमा प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरेका छन् ।
सभापति लामिछानेले रास्वपा तथा आगामी सरकार आपसी सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई थप मजबुत बनाउने दिशामा काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले विशेष गरी ‘डेभलपमेन्ट डिप्लोमेसी’लाई प्राथमिकता दिँदै विकास केन्द्रित कूटनीतिमा जोड दिने उल्लेख गरेका छन् ।
उनले नेपाल–भारत सम्बन्धलाई कनेक्टिभिटी, सांस्कृतिक पर्यटन, ऊर्जा र व्यापारजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्दै नयाँ उचाइमा पुर्याउने अपेक्षा व्यक्त गरेका छन् ।
सभापति लामिछानेका अनुसार दुई देशका जनताको समृद्ध भविष्यका लागि नेपाल र भारतबिचको सहकार्य अझ सुदृढ बनाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण