समानुपातिक तर्फ १ करोड २ लाख मत गणना: रास्वपा ५० लाखको नजिक
सारांश
- प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मतगणनामा १ करोड २ लाखभन्दा बढी मत गणना भयो।
- राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राख्दै ४९ लाखभन्दा बढी मत प्राप्त गरेको छ।
- नेपाली कांग्रेस दोस्रो र नेकपा (एमाले) तेस्रो स्थानमा रहेका छन्।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मंगलबार बिहानसम्म १ करोड २ लाख नाघेको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभर हालसम्म १ करोड २ लाख २८ हजार ५ सय ६७ मत गणना भइसकेको छ ।
समाचार तयार पार्दासम्म सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४९ लाख १५ हजार ४ सय ७८ मत प्राप्त गरेको छ । यो सँगै रास्वपा समानुपातिकतर्फ ५० लाख मतको ऐतिहासिक आँकडाको निकै नजिक पुगेको हो ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले हालसम्म १६ लाख ६४ हजार ४ सय ६२ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) १३ लाख ८२ हजार ९ सय ८० मतका साथ तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ४७ हजार ३ सय ३१ मत प्राप्त गरी आफूलाई चौथो स्थानमा कायम राखेको छ ।
अन्य दलहरूतर्फ श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ९० मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २१ हजार ७ सय ७१ मत प्राप्त गरेका छन्। त्यस्तै, जनता समाजवादी पार्टी, नेपालको पक्षमा १ लाख ६७ हजार ९१५ मत खसेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण