पर्सामा रास्वपालाई कति खस्यो समानुपातिक मत ?
पर्सा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चारवटै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ चारवटै क्षेत्रमा पनि अग्र मत ल्याउने पार्टी बनेको छ ।
मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले पर्साको क्षेत्र नं १ मा ६२ हजार ५०६ मतमध्ये रास्वपालाई ३४ हजार ४६३ मत खसेको बताए । नेपाली कांग्रेसलाई आठ हजार २६७ मत खसेको छ । त्यस्तै नेकपा (एमाले) लाई नौ हजार २३१, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तीन हजार २४०, जनता समाजवादी पार्टीलाई एक हजार ९९, नेपाली कम्युनिष्ट पार्टीलाई ६८१ मत खसेको छ ।
पर्सा २ बाट समानुपातिकतर्फ कुल ६७ हजार १०७ मत खसेकोमध्ये सबैभन्दा धेरै मत रास्वपाले प्राप्त गरेको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार रास्वपालाई ३४ हजार ९१८ मत खसेको छ । कांग्रेस पार्टीलाई १० हजार ३४०, एमालेलाई आठ हजार ५८५, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तीन हजार ५०६, जनता समाजवादी पार्टी नेपाललाई दुई हजार ४५० मत खसेको छ ।
त्यसैगरी, पर्सा ३ मा समानुपातिकतर्फ रास्वपाले २४ हजार १५८ मत प्राप्त गरेको छ । सो क्षेत्रमा कांग्रेस आठ हजार ६५०, एमालेले छ हजार १६८, नेपाली कम्युनिष्ट पार्टीले एक हजार १९५ मत पाएको छ ।
त्यस्तै, पर्साको ४ मा पनि समानुपातिकतर्फ रास्वपाले ३० हजार ३८९ मत प्राप्त गरेको छ । सो क्षेत्रमा कांग्रेसले ११ हजार ५१२, एमाले नौ हजार ९३५ मत ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण