प्रहरी कार्यालयको छतबाट खसेर एक प्रहरी जवानको मृत्यु
मङ्गलबार, २६ फागुन २०८२, ११ : ३१
सारांश
- कैलालीको टिकापुर प्रहरी कार्यालयको छतबाट खसेर एक प्रहरी जवानको मृत्यु भएको छ।
- मृतक प्रहरी जवान बझाङको तल्लोकोट गाउँपालिका-१ का ३० वर्षीय सन्देश चदारा हुन्।
- प्रहरीले घटनाको अनुसन्धान थालेको छ, मृतक वैशाखदेखि टिकापुरमा कार्यरत थिए।
धनगढी । कैलालीमा टिकापुर प्रहरी कार्यालयको छतबाट खसेर एक प्रहरी जवानको मृत्यु भएको छ।
गएराति आफू कार्यरतको रहेको दुई तले भवनबाट खसेर ३० वर्षका सन्देश चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
उनका अनुसार मृतक जवानको घर बझाङको तल्लोकोट गाउँपालिका–१ हो। उनी वैशाखदेखि इलाका प्रहरी कार्यालय टिकापुरमा कार्यरत थिए।
उनको दरबन्दी भने सुदूरपश्चिम प्रदेश प्रहरी गणमा थियो। घटनापछि प्रहरीले अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण