१२ उम्मेदवारले ल्याए ५० हजारभन्दा बढी मत
सारांश
- प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १२ जना उम्मेदवार ५० हजारभन्दा बढी मत ल्याएर निर्वाचित भए।
- सर्वाधिक मत बालेन्द्र शाह (बालेन)ले ६८ हजार ३४८ मत ल्याए भने इन्दिरा राना मगरले दोस्रो धेरै मत पाइन्।
- निर्वाचित हुने अन्य उम्मेदवारहरूमा सोविता गौतम, डा. लेखजंग थापा, र रवि लामिछाने लगायत छन्।
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १२ जना उम्मेदवारले ५० हजार भन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् । ५० हजारभन्दा बढी मत ल्याउने सबै उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का छन् ।
सबैभन्दा बढी मत रास्वपाबाट झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)ले ल्याएका छन् । उनले ६८ हजार ३४८ मत ल्याएर निर्वाचित भए ।दोस्रो बढी मत निवर्तमान उपसभामुखसमेत रहेकी इन्दिरा राना मगरले ल्याइन् । झापा–२ बाट उम्मेदवार बनेकी रानाले ६० हजार ११० मत ल्याएर निर्वाचित भइन् ।
तेस्रो बढी मत सोविता गौतमले ल्याइन् । चितवन–३ बाट उम्मेदवार बनेकी गौतमले ५९हजार २७७ मत ल्याएर निर्वाचित भइन् ।चौथो बढी मत डा. लेखजंग थापाले ल्याएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । रूपन्देही–३ बाट उम्मेदवार बनेका डा. थापाले ५८ हजार ८१४ मत ल्याएर निर्वाचित भएका छन् ।
पाँचौँ बढी मत हरि ढकालले ल्याए । चितवन–१ बाट उम्मेदवार बनेका ढकालले ५८ हजार २०८ मत ल्याए । छैटौँ बढी मत लाल विक्रम थापाले ल्याए । सुनसरी–२ बाट उम्मेदवार बनेका थापाले ५७ हजार ३४८ मत ल्याएर निर्वाचित भए ।
सातौँ बढी मत सुलभ खरेलले ल्याए । रूपन्देही–२ बाट उम्मेदवार बनेका खरेलले ५६ हजार ५५० मत ल्याएर निर्वाचित भए । आठौँ बढी मत रुबिना आचार्यले ल्याइन् । मोरङ–६ बाट उम्मेदवार बनेकी आचार्यले ५५ हजार ५१३ मत ल्याएर निर्वाचित भइन् ।
नवौँ बढी मत सुनिल लम्सालले ल्याए । रूपन्देही–१ बाट उम्मेदवार बनेका लम्सालले ५४ हजार ८४५ मत ल्याएर निर्वाचित भए । दशौँ बढी मत रवि लामिछानेले ल्याए । चितवन–२ बाट उम्मेदवार बनेका लामिछानेले ५४ हजार ४०२ मत ल्याएर निर्वाचित भए ।
एघारौँ बढी मत बदन कुमार भण्डारीले ल्याए । काभ्रेपलाञ्चोक–२ बाट उम्मेदवार बनेका भण्डारीले ५३ हजार ३४४ मत ल्याएर निर्वाचित भए । बाह्रौँ बढी मत राजन गौतमले ल्याए । नवलपुर–१ बाट उम्मेदवार बनेका गौतमले ५० हजार ९४५ मत ल्याएर निर्वाचित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण