गण्डकीमा ८ सिट जित्छौँ भन्ने रास्वपा दोब्बर जितेर आफैँ चकित
पोखरा । चुनावको अघिल्लो दिनसम्म नेपालको निर्वाचनको परिणामबारे कसैले पनि वर्तमान अवस्थाको प्रक्षेपण गर्न सकेको थिएन । नेपाली कांग्रेस, एमाले, नेकपालगायत दलको त कुरा छोडौं, स्वयं रास्वपाले पनि यो नतिजाको आकलन गरेको थिएन ।
रास्वपा गण्डकीका महामन्त्री नवीन त्रिपाठी भन्थे, ‘हामीले १२ सिट जित्छौं भन्ने आकलन गरेका छौं । तर, ८ सिट मात्रै पक्का छ ।’ ४ सिटको नतिजा पक्का नभएको उनको तर्क थियो । कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित भएका गनेस पौडेलले पनि गण्डकीबाट बहुमत सिट रास्वपाले जिते पनि यो आकलन गरेका थिएनन् ।
चुनावमा टिकट वितरणको समय उनीसँग कुरा गर्दा भनेका थिए, ‘रास्वपाले बहुमत ल्याउने स्थिति आयो र बालेन प्रधाानमन्त्री बन्ने निश्चित भयो भने मैले चुनाव लड्दिनँ । बालेनको सचिवालय मैले चलाउनुपर्छ ।’ उनकै तर्कलाई मान्ने हो भने रास्वपा सोझो बहुमतमा नपुग्ने भएरै उनी टिकट लिएर चुनावमा उठेका हुन् । तर, रास्वपाले आफ्नै आन्तरिक रिपोर्टिङलाई पनि फेल ख्वाउने गरी नतिजा ल्यायो ।

एल्लो जोनसहित १२ सिटमा दाबी गरेको रास्वपाले १६ सिट जित्यो । म्याग्दीबाट निर्वाचित महावीर पुन पनि रास्वपाको समर्थनमा जितेका हुन् । रास्वपाले आफै चुनाव जित्ने आकलन गरेको भए यहाँ महावीरलाई छोड्ने थिएन ।
त्यसलाई तथ्यांकले पनि पुष्टि गर्छ र नेताहरू पनि त्यो स्विकार्छन् । रास्वपाले चुनाव हार्लाजस्तो देखेपछि नै भैरहेको उम्मेदवारी फिर्ता लिएर महावीरलाई सघाएको थियो । महावीरले २२ हजार ८ सय ५० मत ल्याएर चुनाव जित्दा उम्मेदवारी निष्क्रिय पारेका रास्वपाका उम्मेदवार युवराज रोकाले पनि १ हजार ५ सय ३० मत ल्याए । जबकि रास्वपाले यहाँबाट समानुपातिकमा १९ हजार ९ सय २७ मत प्राप्त गरेको छ । लमजुङ, पर्वत र बागलुङलाई चुनाव जित्ने सूचीमै राखिएको थिएन । गोरखा–१, स्याङजा–२ र नवलपुर–२ पनि रास्वपाको जित्ने सूचीमा थिएनन् ।
गोरखा–२, स्याङजा–१, कास्की–१ र ३, तनहुँ–२ पनि एल्लो जोनमा थियो । एल्लो जोन मात्रै होइन, रेड जोनमा रहेका क्षेत्रमा समेत रास्वपाले अप्रत्यासित जित निकाल्यो । चुनाव हारेका कांग्रेस, एमाले र नेकपामात्रै होइन, चुनावी नतिजाले गण्डकीमा स्वयं रास्वपासमेत जिल्लिएको छ । बागलुङ–२ र स्याङजा–२ बाहेक सबै क्षेत्रमा रास्वपाले ५० प्रतिशतभन्दा बढी मत ल्याएको छ ।
रास्वपाका उम्मेदवारले प्रत्यक्षमा भन्दा समानुपातिक मत बढी पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण