सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
समानुपातिक मतगणना

बुधबारसम्म समानुपातिक प्रणालीतर्फको मतगणना सकिने

मङ्गलबार, २६ फागुन २०८२, २३ : ०४
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • निर्वाचन आयोगका अनुसार बुधबार बिहानसम्म समानुपातिक प्रणालीतर्फको मतगणना सकिनेछ।
  • सङ्खुवासभा, धनुषा १, गोरखा १ र २ लगायतका क्षेत्रमा मतगणना जारी छ।
  • अहिलेसम्म समानुपातिकतर्फ १ करोड ६ लाख ५९ हजार ८५४ मत गणना भइसकेको छ।

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको केही क्षेत्रको मात्र मतगणना बाँकी रहेकाले बुधबार बिहानसम्म परिणाम प्राप्त हुने निर्वाचन आयोगले जनाएको छ ।

सङ्खुवासभा, धनुषा निर्वाचन क्षेत्र नं. १, गोरखा निर्वाचन क्षेत्र नं. १ र २, लगायत केही क्षेत्रको मात्र मतगणना बाँकी रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । यी क्षेत्रमा अहिले मतगणना जारी रहेकाले बुधबार बिहानसम्म समानुपातिकतर्फ अहिले पनि सबै क्षेत्रको मत परिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको उनले सुनाए ।

समानुपातिकतर्फ अहिलेसम्म एक करोड छ लाख ५९ हजार ८५४ मतगणना भइसकेको आयोगले जनाएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको भने मतगणना यसअघि नै भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप