सकियो ‘कमला मिस’को छायाङ्कन
काठमाडौँ । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशित फिल्म ‘कमला मिस’को छायाङ्कन सकिएको छ । १ फागुनदेखि सुरु भएको फिल्मको छायाङ्कन मंगलबार सकिएको हो ।
फिल्मका लाइन प्रोड्युसर पुस्कर लामा (प्रेम भोम्जन)ले करिब २३ दिनको छायाङ्कनमा फिल्म सकिएको बताए । उनले चुनावका कारण तीन दिन छायाङ्कन स्थगित भए पनि निर्धारित तालिकाभित्रै काम सकिएको जानकारी दिए ।
मनोवैज्ञानिक कथावस्तुमा आधारित ‘कमला मिस’मा निर्देशक निर शाह सहित रमेश बुढाथोकी ,बासना तिमिल्सिना, , शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ ,जयन्त रेग्मी सुरेश थापा , राजन केसी र संजय खतिवडा लगायत कलाकारहरूको मुख्य भूमिका छ।
विजय मल्ल स्मृति प्रतिष्ठानको लागि उमा मल्लले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् भने लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) रहेका छन् । विजय मल्लको कथा रहेको फिल्ममा पटकथा तथा संवाद निर्देशक निर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।
शिवराम श्रेष्ठ को छायाङ्कन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । करिब दश वर्षपछि निर्देशनमा फर्किएका निर शाहले नेपाली फिल्म ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित फिल्म निर्देशन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए सर्वाधिक गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण