निर्वाचनको नतिजा अप्रत्याशित छ, पार्टीमा छलफल हुन्छ : कृष्णप्रसाद सिटौला
बुधबार, २७ फागुन २०८२, १५ : ५९
१
सारांश
- कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधि सभा निर्वाचनको नतिजा अप्रत्याशित भएको बताए।
- उनले पार्टीमा यस विषयमा छलफल हुने जानकारी दिए, र मत नहाल्ने कुरा गलत भएको बताए।
- सिटौलाले सर्वोच्च अदालतको निर्णयपछि पार्टी अगाडि बढ्ने कुरा व्यक्त गरे।
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले गत बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनको नतिजा अप्रत्याशित भएको बताएका छन् । उनले बुधबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।
साथै उनले यस विषयमा पार्टीमा छलफल हुने समेत बताए। एउटा पक्ष मत हाल्न र प्रचारप्रसार गर्न गएन भन्ने विषय गलत भएको समेत उनले बताए । सबैले आ–आफ्नो पक्षबाट काम गरेको समेत उनले बताए ।
उनले भने,‘सर्वोच्च अदालतमा पार्टीसम्बन्धी मुद्दा विचाराधीन छ, एउटा निर्णय अदालतले दिन्छ त्यसपछि पार्टी अगाडि बढ्छ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण