विश्वकपमा इरानलाई स्वागत गरिने ट्रम्पको आश्वासन
सारांश
- फिफा अध्यक्ष इन्फेंटिनोले अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको फुटबल टोलीलाई विश्वकपमा स्वागत गर्ने बताए।
- इरानका फुटबल संघका अध्यक्षले सैन्य तनावका कारण विश्वकप सहभागिता अनिश्चित रहेको संकेत गरे।
- अघिल्लो वर्ष भिसा समस्याका कारण इरानी समर्थकको विश्वकप सहभागितामा जटिलता देखिएको थियो।
वासिङटन डीसी । विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फेंटिनोले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको राष्ट्रिय फुटबल टोलीलाई अमेरिका आयोजना हुने विश्वकपमा सहभागी हुन स्वागत गरिने आश्वासन दिएको बताएका छन् ।
मंगलबार ट्रम्पसँग भेटवार्ता गरेको र आगामी जुनमा सुरु हुने फिफा विश्व कपको तयारीबारे छलफल भएको जानकारी इन्फान्टिनोले दिएका हुन् । सो अवसरमा इरानले प्रतियोगितामा स्थान बनाएको विषय पनि उठाइएको थियो ।
ट्रम्पले ‘इरानको टोलीलाई संयुक्त राज्य अमेरिकामा आयोजना हुने प्रतियोगितामा खेल्न स्वागत छ’ भनेर दोहोर्याएको इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै इन्फान्टिनोले उल्लेख गरे । तर इरानी टोली वास्तवमै प्रतियोगितामा सहभागी हुन्छ कि हुँदैन भन्ने विषय अझै स्पष्ट छैन । इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले हालैको सैन्य तनावपछि सहभागिताबारे अनिश्चितता रहेको संकेत दिएका छन् ।
उनले खेलकुद पोर्टल वरजेशघसँग भनेका छन्, ‘यस आक्रमणपछि हामीले विश्वकपलाई उत्साहका साथ हेर्न सक्ने स्थिति छैन ।’ यसअघि पनि अमेरिका–इरान तनावका कारण इरानी समर्थकहरूको विश्वकप सहभागिता जटिल बनेको थियो । अमेरिकी यात्रा प्रतिबन्धका कारण इरानका धेरै समर्थकलाई प्रतियोगिता हेर्न अमेरिका प्रवेशका लागि भिसा नपाउने बताइएको थियो ।
गत वर्ष वाशिङ्टन डीसीमा भएको विश्वकपको ड्र कार्यक्रममा पनि इरानी प्रतिनिधिमण्डलका आधाभन्दा बढी सदस्यको भिसा अस्वीकृत भएपछि उनीहरूले कार्यक्रम बहिष्कार गर्ने स्थिति लगभग सिर्जना भएको थियो । यद्यपि इन्फान्टिनोले विश्वकपलाई विश्वलाई एकताबद्ध गर्ने अवसरका रूपमा चित्रित गरेका छन् । ‘अहिलेको तनावपूर्ण अवस्थामा विश्वलाई एकतामा बाँध्ने कार्यक्रमको आवश्यकता छ, र फुटबलले संसारलाई जोड्छ,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण