अमेरिकाले दक्षिण कोरियाबाट ‘थाड एन्टी मिसाइल सिस्टम’को केही भाग मध्यपूर्वमा सार्ने
दक्षिण कोरिया । संयुक्त राज्य अमेरिकाले ‘टर्मिनल हाइ अल्टिच्युड एरिया डिफेन्स (थाड)’ नामक क्षेप्यास्त्र विरोधी प्रणालीको केही भाग दक्षिण कोरियाबाट मध्यपूर्वतर्फ सार्ने प्रयास गरिरहेको दुई अमेरिकी अधिकारीलाई उद्धृत गर्दै वासिङ्टन पोस्टले जनाएको छ ।
दक्षिण कोरियामा तैनाथ अमेरिकी सेनाले मध्यपूर्वमा युद्ध चर्किरहेका बेला थाड क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका केही भागहरू बाहिर पठाएको समाचार सार्वजनिक भइरहेका बेला यो रिपोर्ट आएको हो । रिपोर्ट अनुसार पेन्टागनले थाडको केही भाग दक्षिण कोरियाबाट मध्यपूर्वमा सार्नेछ ।
उत्तर कोरियाको क्षेप्यास्त्र खतराको सामना गर्न थाडलाई दक्षिण कोरियामा तैनाथ गरिएको थियो । अमेरिकी सेना कोरियाको स्वामित्वमा रहेको सैन्य सम्पत्तिको सम्भावित स्थानान्तरणले उत्तर कोरियाविरुद्धको प्रतिरोधात्मक अवस्थालाई असर नगर्ने राष्ट्रपति ली जे म्युङले बसधबारको मन्त्रिपरिषद्को बैठकमा बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण