यस्तो बन्दै छ सातदोबाटोमा ‘जेन–जी’ शहीद स्मारक पार्क
बिहीबार, २८ फागुन २०८२, ०९ : ३९
सारांश
- ललितपुरको सातदोबाटोमा जेन-जी आन्दोलनका ४२ शहीदको शालिकसहित स्मारक पार्क निर्माण सुरु भएको छ।
- राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले पार्क निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो।
- यो पार्क ऐतिहासिक शैलीमा निर्माण हुनेछ, जसले शहीदहरूको योगदानलाई स्मरण गराउनेछ।
काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ शहीदमध्ये ४२ जनाको शालिकसहित ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा ‘जेन–जी’ शहीद स्मारक पार्क निर्माण सुरु गरिएको छ।
तत्कालीन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद्को १२४औँ बोर्ड बैठकले पार्क निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेपछि निर्माण कार्य अघि बढाइएको हो।
ऐतिहासिक तथा मौलिक शैलीमा निर्माण गर्न लागिएको यस स्मारक पार्कले जेन–जी आन्दोलनका शहीदहरूको योगदानलाई दीर्घकालसम्म स्मरणीय बनाइराख्ने विश्वास गरिएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण