काठमाडौँ र ललितपुरका दुई स्थानमा चोरी
सारांश
- काठमाडौं उपत्यकामा दुई स्थानमा दिउँसो चोरी भएको छ, जसमा १२ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
- बाँसबारीमा एक महिलाको कोठाबाट सुनका गहना र मोबाइलसहित १० लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
- ललितपुरको हरिसिद्धिमा एक व्यक्तिको घरबाट १ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ, जसमा चाँदी, ल्यापटप लगायतका सामान छन्।
काठमाडौँ। काठमाडौँ उपत्यकाका दुई छुट्टाछुट्टै स्थानमा दिउँसै चोरीका घटना भएका छन्। काठमाडौँ र ललितपुरमा गरी करिब १२ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
काठमाडौँ महानगरपालिका-३ बाँसबारीमा डेरा गरी बस्ने ३५ वर्षीया दुर्गा क्षेत्रीको कोठाबाट बुधबार दिउँसो सुनका गरगहना र मोबाइलसहित करिब १० लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। दोलखा चरिकोट घर भएकी क्षेत्रीको कोठामा कोही नभएको मौका छोपी चोरले हात पारेको हो।
यस्तै, ललितपुर महानगरपालिका-२८ हरिसिद्धिमा पनि चोरीको अर्को घटना सार्वजनिक भएको छ। ओखलढुङ्गा लिखु गाउँपालिका-७ घर भई हरिसिद्धिस्थित टहरोमा बस्ने ४० वर्षीय नारायण बहादुर खत्रीको निवासबाट बुधबार नै १ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। चोरले खत्रीको टहरोबाट करिब ९ तोला चाँदी, एक थान ल्यापटप र अन्य विभिन्न सरसामान लगेको प्रहरीले बताएको छ।
दुवै घटनामा संलग्न रहेका व्यक्तिहरू हाल फरार छन्। प्रहरीले चोरीमा संलग्नहरूको खोजी तीव्र पार्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण