मुस्ताङमा पाँच उम्मेदवारको जमानत जफत
सारांश
- मुस्ताङमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पाँच उम्मेदवारको जमानत जफत भएको छ।
- नेपाली कांग्रेसका योगेश गौचन थकालीले ३ हजार ३०७ मत ल्याएर विजयी भए।
- रास्वपा समानुपातिकतर्फ दोस्रो स्थानमा रह्यो भने एमाले तेस्रो स्थानमा रहेको छ।
बागलुङ । २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन मुस्ताङमा पाँच उम्मेदवारको जमानत जफत भएको छ । विभिन्न दलका आठ उम्मेदवार चुनावी मैदानमा थिए । नेपाली कांग्रेसका योगेश गौचन थकालीले ३ हजार ३०७ मत लिएर विजयी भएका थिए ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इन्द्र धारा डादु विष्टले एक हजार ८०६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अधितीयचन्द्र थकालीले ७५९ मत पाएका थिए । हजारभन्दा कम मत पाएर पनि जमानत जोगाउने अधितीय पहिलो उम्मेदवार हुन् ।
कुल सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने व्यवस्था छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कमला लालचनले १६१, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ङुटुक गुरुङले १५१, उज्यालो नेपाल पार्टीका सुरेन्द्र शेरचनले ८५, आम जनता पार्टीका अजय विकले ९ र मंगोल नेशनल अर्गनाइजेसनका यम बहादुर गुरुङले ३ मत पाएका छन् ।
समानुपातिकतर्फ रास्वपा दोस्रोमा
प्रत्यक्षतर्फ विजयी हासिल गरेको कांग्रेसले समानुपातिकतर्फ पनि अगाडि नै छ । यद्यपी समानुपातिकमा मत भने केही कम छ । कांग्रेसले दुई हजार ५२१ मत पाउँदा रास्वपा दोस्रो स्थानमा छ । प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार थकालीले ७५९ मत प्राप्त गर्दा समानुपातिकतर्फ भने दुई हजार ३१३ मत पाएको छ ।
नेकपा एमालेले एक हजार २०४ मत पाएको छ । श्रम संस्कृति पार्टीले १३६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले १२६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १२३, राष्ट्रिय परिवर्तन पार्टीले ३४, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले ३४ र प्रगतिशील लोकतान्त्रिक पार्टीले २८ पाएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।
मुस्ताङमा ११ हजार ३२८ जना मतदाता रहेकोमा ६ हजार २९८ मत अर्थात (५६.४७) प्रतिशत मत खसेको थियो । जसमध्ये १०७ मत बदर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण