हृदयघातबाट ज्यान गुमाएका कृष्ण थापा को हुन् ?
सारांश
- नेकपा एमालेका नेता कृष्ण थापाको हृदयघातका कारण निधन भयो, जो कास्की जिल्ला इन्चार्ज पनि थिए।
- पोखरा उपमहानगरपालिकाका पूर्व मेयर थापाले चुनावी समीक्षा कार्यक्रममा सम्बोधन गरेपछि हृदयघात भएको थियो।
- थापा २०७९ मा पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार बने पनि निर्वाचन जित्न सकेनन्।
पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको बिहीबार हृदयघातका कारण निधन भएको छ । कास्की क्षेत्र नम्बर १ को चुनावी समीक्षा कार्यक्रममा सम्बोधन पश्चात् नेताहरूसँग कुराकानी गरिरहेका बेला थापालाई हृदयघात भएको हो ।
प्रत्यक्षदर्शी टिकाराम पंगेनीका अनुसार, आफूसँग हात मिलाउने क्रममा घाँटीबाट घुरेको आवाज आएपछि उनलाई हृदयाघातको शङ्का गरेर अस्पताल लगिएको थियो । ९ मिनेटभित्रै अस्पताल पुर्याइए पनि थापालाई चिकित्सकले बचाउन सकेनन् ।
थापा पोखरा उपमहानगरपालिकाको पूर्व मेयर हुन् । उनले २०५४ देखि २०५९ सम्मको मेयर भएर काम गरे । २०७० सालमा उनी दोस्रो संविधान सभा सदस्य चुनावमा कास्की–२ बाट पराजित भए । त्यसपछि २०७४ को निर्वाचनमा कास्की २ (क) बाट थापा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
उनी प्रदेशसभा सदस्यको कार्यकाल बाँकी रहँदै राजीनामा दिएर पोखरा महानगरपालिकाको मेयरमा २०७९ मा उम्मेदवार भए । यद्यपि, तत्कालीन समयमा उनले जित्न सकेनन् । अहिलेको निर्वाचनमा कास्की–२ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाए । सुरुमा पाएको टिकट पार्टीभित्रै तीव्र आलोचनापछि खोसियो ।
रश्मि आचार्यले उनको टिकट लिएर चुनाव लडे । त्यसपछि थापा पार्टीका शीर्ष नेताहरूसँग असन्तुष्ट थिए । सार्वजनिक रूपमै आफूमाथि षड्यन्त्र भएको आरोप लगाइरहेका थिए । पार्टीको समीक्षा बैठकमा चाहिँ पार्टी पराजयको पूरा जिम्मेवारी आफूले लिने र त्यसबापत पार्टीले गर्ने जुनसुकै कारबाही भोग्न आफू तयार रहेको थापाले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
-
सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण