कमल थापाको बालेनलाई अफर : हिन्दुराष्ट्र बनाउने भए राप्रपाले सहयोग गर्छ
सारांश
- कमल थापाले हिन्दु राष्ट्र बनाउन संविधान संशोधन गर्न रास्वपा र बालेन शाहलाई प्रस्ताव गरेका छन्।
- नयाँ सरकारलाई दुई तिहाइ बहुमतको लागि राप्रपाले ५ सांसदको समर्थन दिने बताए।
- काठमाडौं ५ मा पराजित थापाले जमानत समेत जोगाउन सकेनन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले हिन्दुराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार भए आफ्नो पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाह नेतृत्वको सरकारलाई सहयोग गर्ने प्रस्ताव गरेका छन् । नयाँ बन्ने सरकारलाई संसद्मा दुईतिहाइ बहुमतको निम्ति २ सिट कम भएको बताउँदै सो अफर गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसद्मा दुईतिहाइ बहुमतको निम्ति २ सिट कम छ।यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दुराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदहरूको पूर्ण सहयोग रहने छ ।’
हालैसम्पन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ५ मा उम्मेदवार बनेका राप्रपाका पूर्वअध्यक्ष थापाले लज्जास्पद हार व्यहोरेका थिए । उनले जमानतसमेत जोगाउन सकेनन्।
सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सस्मित पोखरेल ३० हजार ७३७ मत ल्याएर विजय हासिल छन्। दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ मत प्राप्त गर्दा नेकपा एमालेका हेभिवेट नेता ईश्वर पोखरेल ४ हजार ७०१ मतसहित तेस्रो स्थानमा खुम्चिए।
राप्रपाको चुनाव चिह्न लिएर उठेका कमल थापाले भने जम्मा १ हजार ९२२ मत मात्र प्राप्त गरे। कुल सदर मतको १० प्रतिशत पनि ल्याउन नसकेपछि कानुनबमोजिम उनको जमानत जफत भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण