‘बलात्कार जस्ता घटना बारम्बार दोहोरिनुले सुशासन तथा कानुनी शासनमा प्रश्न खडा गर्यो’
बिहीबार, २८ फागुन २०८२, २० : ३४
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देशमा बलात्कार जस्ता घटना बारम्बार दोहोरिनुले सुशासन तथा कानुनी शासनमा प्रश्न खडा गरेको बताएका छन् ।
सुर्खेतकी १६ वर्षिया इनिशा विकको मृत्युको घटना घटेको यत्तिका अवधिसम्म पनि अनुसन्धान निचोडमा नपुग्नुले गम्भीर प्रश्न खडा गरेको उनले बताए ।
उनले घटनाको गहिराइसम्मै पुगेर यथाशीघ्र अनुसन्धान गर्दै दोषीमाथि हदैसम्मको कारबाही गर्न सरकारसँग जोडदार माग समेत गरेका छन् ।
महिला तथा बालबालिकाको सुरक्षाका लागि आवश्यक वातावरण निर्माण गर्न पनि सरकारसँग माग गरिएको छ । लैङ्गिक हिंसा विरूद्ध शून्य सहनशीलता हुनुपर्नेतर्फ आफूहरूको प्रतिबद्धता रहेको उनले स्मरण समेत गराए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण