सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

शुक्रबार, २९ फागुन २०८२, ०९ : ०६
शुक्रबार, २९ फागुन २०८२

सारांश

  • रौतहटको चन्द्रपुरमा स्वाइन फिभरका कारण बंगुर मर्न थालेका छन्।
  • चन्द्रपुर-५ मा १४ र चन्द्रनिगाहपुर-४ मा १ बंगुरको मृत्यु भएको छ।
  • नगरपालिकाले खोप लगाउने घोषणा गरेपनि हाल खोपको अभाव रहेको छ।

रौतहट । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन् । यो रोगले चन्द्रपुर नगरपालिका–५ राजपेडा गाउँका हरि गुरोका १४ वटा बङ्गुर मरेका पशु चिकित्सक डा सुलभ चौधरीले बताएका हुन् ।

एक साताको अन्तरालमा १४ वटा बङ्गुर मरेका किसान गुरोले दुखेसो गरे । बङ्गुरको उपचारका लागि पशु चिकित्सकहरुलाई खबर गरेको र उपचार गर्दागर्दै पनि बङ्गुर मरेको उनले बताए ।

डा चौधरीका अनुसार चन्द्रनिगाहपुर–४ मा शान्ति मगरको एउटा बङ्गुर पनि सोही रोगले मरेको छ । रोग विशेष गरी रोगी बङ्गुर वा त्यसका पाठापाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएका पशुबाट फैलने उनले बताए ।

रोग नियन्त्रणका लागी चन्द्रपुर नगरपालिकाले सबै वडामा खोप लगाउने घोषणा गरेता पनि हाल खोप अभाव भएकाले केही समय लाग्ने चिकित्सक चौधरीले बताए । चन्द्रपुरका किसानले छ हजारको हाराहारीमा बङ्गुर पालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप