अपाङ्गता तथा महिलामैत्री पूर्वाधार बनाउन निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सार्वजनिक पूर्वाधारलाई अपाङ्गतामैत्री तथा महिलामैत्री बनाउन निर्देशन दिएकी छन्।
आज सानो गौचरन रङ्गशाला र स्केट बोर्ड पार्कको अनुगमनका क्रममा उनले उक्त निर्देशन दिएकी हुन् । अनुगमन समितिका संयोजकसमेत रहनुभएकी डङ्गोलले सार्वजनिक पूर्वाधार निर्माणको डिजाइनबाट अपाङ्गता भएका व्यक्ति र महिलाको पहुँचलाई ध्यान दिनुपर्ने बताइन्।
सानो गौचरन रङ्गशालामा अपाङ्गता भएका व्यक्तिहरूका लागि संरचना नदेखेपछि उनले भनिन्, “लिफ्ट राखेर अपाङ्गता भएका व्यक्तिहरूलाई प्यारापिटसम्म पुग्ने वातावरण बनाउनुहोला ।” हालसम्म रङ्गशालाको ७५ प्रतिशत भौतिक प्रगति र ६८ प्रतिशत वित्तीय प्रगति भएको छ ।
सो रङ्गशाला निर्माण रु १८ करोड ८६ लाख ७४ हजार ८२७ मा शुभ कन्स्ट्रक्सनले पुनःनिर्माण गरिरहेको छ । रङ्गशाला रु १८ रोपनी १ आना २ पैसा ३ दान (९२११.५ वर्गमिटर) क्षेत्रफलमा फैलिएको छ । रङ्गशालाको दर्शक क्षमता एक हजार ५०० जनाको छ । ९६ दशमलव ६२ मिटरको खेलमैदान हुनेछ ।
आगामी चैत मसान्तभित्र रङ्गशाला निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । तीन हजार ७६० वर्गमिटर क्षेत्रफलमा स्केट बोर्ड पार्क निर्माण हुँदैछ । यससँगै बास्केटबल कोर्ट, भलिबल कोर्ट र एम्पिथिएटर निर्माण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण