अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
सारांश
- भोजपुरका किसानहरू अहिले अकबरे खुर्सानी रोप्न व्यस्त छन्, किनभने यसले छिट्टै उत्पादन दिन्छ।
- भोजपुर नगरपालिका-५ बोखिम क्षेत्रका किसानहरूले व्यावसायिक रूपमा खुर्सानी खेती विस्तार गरिरहेका छन्, मल्चिङ प्रविधिको प्रयोग गर्दै।
- सडक पहुँच विस्तारले बजारसम्म खुर्सानी पुर्याउन सहज बनाएको छ, जसले गर्दा किसानहरू व्यावसायिक खेतीमा आकर्षित भएका छन्।
भोजपुर । भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो समयमा रोपिएको खुर्सानीले तुलनात्मक रूपमा छिट्टै उत्पादन दिने भएकाले किसानहरू खेती विस्तारमा जुटेका हुन् ।
विशेषगरी भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रका किसान व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती विस्तार गर्न सक्रिय भएका हुन् । किसानहरूले बारीमा मल्चिङ प्रविधि प्रयोग गरी खुर्सानीखेती गर्न थालेका छन् । यस प्रविधिले बिरुवाको वृद्धि राम्रो हुने, झारपात कम उम्रने र गोडमेल गर्न सजिलो हुने भएकाले किसानहरूले यसको प्रयोग बढाउँदै लगेका छन् ।
भोजपुर नगरपालिका–५ का किसान कमला थापाका अनुसार अहिले बोखिम क्षेत्रका किसान खुर्सानीखेतीका लागि जमिन तयारी गर्ने, मल्चिङ प्लास्टिक बिछ्याउने र बेर्ना सार्ने काममा व्यस्त छन् । अकबरे खुर्सानीबाट राम्रो आम्दानी लिन सकिने भएकाले किसानहरूले विगत केही वर्षदेखि यसलाई व्यावसायिक रूपमा खेती गर्दै आएका छन् ।
यहाँ सडक पहुँच विस्तार भएसँगै उत्पादन भएको खुर्सानी बजारसम्म पुर्याउन सहज भएको छ । यही कारणले पनि हरेक वर्ष व्यावसायिक रूपमा खुर्सानीखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको किसानहरूको भनाइ छ ।
भोजपुरमा विशेषगरी पौवादुङमा गाउँपालिकामा अकबरे खुर्सानीको बढी खेती हुने गरेको छ । यसबाहेक भोजपुर नगरपालिका, अरुण गाउँपालिका र षडानन्द नगरपालिकाका किसानले पनि व्यावसायिक रूपमा खुर्सानीखेती गर्दै आएका छन् ।
टेम्केमैयुङ गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा समेत सीमित मात्रामा खुर्सानीखेती विस्तार हुन थालेको कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी घनश्याम बरालले जानकारी दिए ।
कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार गत आर्थिक वर्ष जिल्लामा करिब ६०९ हेक्टर क्षेत्रफलमा खुर्सानीखेती गरिएको थियो । पछिल्लो समय अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लामा व्यावसायिक रूपमा खुर्सानीखेती गर्ने किसानको सङ्ख्या र खेती क्षेत्र दुवै बढ्दो क्रममा रहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण