उत्तर–पश्चिम पाकिस्तानमा आतंकवादविरुद्धको कारबाही, ६ जना मारिए
इस्लामवाद । पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा आधारित कारबाहीमा ६ जना आतंककारी मारिएका छन् ।
प्रहरीका अनुसार उक्त कारबाही लक्की मरवत जिल्लामा गरिएको हो । त्यहाँ आतंककारीहरू लुकेर बसेको विश्वसनीय सूचना प्राप्त भएपछि आतंकवाद विरुद्धको विभागले अपरेशन सञ्चालन गरेको बताइएको छ।
छापा मार्ने क्रममा आतंककारीहरूले सुरक्षाकर्मीमाथि गोली चलाएपछि करिब ४० मिनेटसम्म दोहोरो भिडन्त भएको थियो । भिडन्तपछि ६ जना आतंककारी मृत अवस्थामा फेला परेका थिए भने केही अन्य भाग्न सफल भएका थिए ।
घटनास्थलबाट सुरक्षा निकायले कलाश्निकोभ राइफल, ह्यान्ड ग्रेनेड तथा एक घरेलु विस्फोटक उपकरण सहित ठूलो मात्रामा हतियार तथा विस्फोटक बरामद गरेको जनाएको छ ।
खैबर पख्तूनख्वा प्रहरीका महानिरीक्षक जुल्फिकार हमिदले सफल कारबाहीका लागि आतंकवादविरुद्धको विभागका कर्मचारीहरूको प्रशंसा गर्दै प्रान्तमा उग्रवादी समूहविरुद्ध अभियान जारी रहने बताएका छन्।
यसअघि सोही दिन उक्त जिल्लामा प्रहरीको गाडीलाई लक्षित गरी भएको विस्फोटमा ७ जना प्रहरीकर्मीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण