समानुपातिक सांसद सिफारिस गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
आइतबार, ०१ चैत २०८२, ०६ : ३७
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।
- बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ।
- पार्टीले समानुपातिकतर्फ २० सिट पाउने भएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ। निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको नाम अन्तिम छनोट गरी निर्वाचन आयोगमा पठाउने विषयमा बैठकमा छलफल र निर्णय हुनेछ।
केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई तोकिएको समयमा उपस्थित हुन अनुरोध गरिएको छ। पार्टीले समानुपातिकतर्फ २० सिट पाउने भएको छ ।
गत फागुन २१ गते भएको निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ १८ सिट जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण