तालिम दिन काठमाडौँ आए भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित
सारांश
- प्रसिद्ध भारतीय भ्वाइस आर्टिस्ट अमित डिओंडी काठमाडौंमा भ्वाइस एक्टिङ तालिमका लागि आएका छन्।
- चलचित्र विकास बोर्डको आयोजनामा तीन दिने भ्वाइस एक्टिङ तथा डबिङ ट्रेनिङ आइतबारबाट सुरु हुनेछ।
- अमित डिओंडीले नेपाली भाषामा भ्वाइस डबिङको अवसर रहेको र आफ्नो अनुभव सिकाउने बताए।
काठमाडौँ । भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित डिओंडी काठमाडौँ आइपुगेका छन् । चलचित्र विकास बोर्डको आयोजनामा आइतबारबाट सुरु हुने तीन दिने भ्वाइस एक्टिङ तथा डबिङ ट्रेनिङका लागी उनी शनिबार काठमाडौँ आएका हुन् ।
पहिलोपटक नेपाल आइपुगेका अमितले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘अहिलेको दुनियाँमा विश्वभरिका कन्टेन्ट सजिलै हेर्न सकिन्छ । त्यसका लागी भाषाको माध्यमले ठुलो भूमिका खेल्छ । नेपाली भाषामा भ्वाइस डबिङको काम गर्नसक्ने धेरै अवसरहरू छन् । यो तीन दिन मेरो अनुभव र मैले जानेका केहि कुरा सिकाउने प्रयास गर्नेछु ।’
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले दक्षता अभिवृद्धि कार्यक्रमलाई अगाडी सारेको र विभिन्न १४ वटा विषयमा तालिम राखिएकोमा भ्वाइस एक्टिङलाई पनि बिशेष प्राथमिकता दिइएको बताए ।
दैनिक दुई घण्टा चल्ने भ्वाइस एक्टिङ तथा डबिङ ट्रेनिङको व्यवस्थापनको काम सम्राट् फिल्मस्ले गरेको छ । पछिल्लो समय नेपालमा थुप्रै फिल्मको डबिङ तथा साउण्ड मिक्सिङको काम गरिरहेका सम्राट् फिल्मस्का सञ्चालक भरत कँडेल आफैमा १५ वर्षबढी मुम्बईमा साउण्डमै काम गरेका आएका व्यक्ति हुन् । विश्वकै चर्चित युट्युवर मिस्टर बिस्टको नेपाली भाषामा डबिङको काम पनि सम्राट् फिल्मस्ले नै गर्दै आएको छ ।
भ्वाइस आर्टिष्ट अमित डिओंडीले अमेजन, नेटफिलिक्स तथा चर्चित प्लेटफर्मका लागी ३ हजार बढी सिरिज तथा फिल्महरूमा भ्वाइस डबिङ तथा लेखनको काम गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण