सरकारी र निजी विद्यालयबिचको असमानता हटाउन माग गर्दै दायर रिटमा कारण देखाउ आदेश
सारांश
- सर्वोच्च अदालतले सरकारी र निजी विद्यालयबीचको विभेदबारे परेको रिटमा सरकारसँग जवाफ मागेको छ।
- रिटमा 'दोहोरो शिक्षा प्रणाली' खारेज गरी देशभर समान र गुणस्तरीय शिक्षा लागू गर्न माग गरिएको छ।
- निजी र सरकारी विद्यालयको पाठ्यक्रम र शिक्षणमा भिन्नताले विद्यार्थीमा असमानता बढेको रिटमा उल्लेख छ।
काठमाडौं । सरकारी र निजी विद्यालयबीच विद्यमान पाठ्यक्रम, पाठ्यसामग्री र शिक्षणको माध्यममा रहेको भिन्नताले विद्यार्थीहरूबीच विभेद सिर्जना गरेको भन्दै दायर रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
अधिवक्ता कुमार प्रसाद थपलियाले दायर गरेको रिटमा न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
थपलियाले दायर गरेको रिटमा नेपालमा हाल कायम रहेको ‘दोहोरो शिक्षा प्रणाली’ लाई असंवैधानिक घोषित गरी देशभर समान र गुणस्तरीय शिक्षा लागू गर्न माग गरिएको छ । निजी विद्यालयहरूमा अङ्ग्रेजी माध्यम र उन्नत पाठ्यसामग्री प्रयोग हुने तर सरकारी विद्यालयहरूमा नेपाली माध्यम र तुलनात्मक रूपमा कमजोर पाठ्यसामग्री हुँदा शिक्षण सिकाइमा व्यापक असमानता देखिएको रिटमा उल्लेख छ । जसले गर्दा धनी र गरिबका सन्तानबीच शैक्षिक खाडल बढेको र गरिबका छोराछोरी प्रतिस्पर्धात्मक शिक्षाबाट वञ्चित हुनु परेको दाबी गरिएको छ ।
साथै रिटमा सबै विद्यालयमा समान, गुणस्तरीय र प्रतिस्पर्धात्मक पाठ्यक्रम तथा पाठ्यसामग्री लागू गर्न माग गरिएको छ । यस्तै सरकारी विद्यालयहरूमा पनि अङ्ग्रेजी माध्यमसहितको एकीकृत शिक्षा प्रणाली निश्चित समयभित्र कार्यान्वयन गर्न परमादेश जारी गर्न माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीले दुई खेलमा पाँच गोल गरेसँगै ७८ वर्षअघिको त्यो चुनौतीपूर्ण रेकर्डतिर फुटबलप्रेमीकाे ध्यान
-
मण्डलामा अब ‘इजलास’ मञ्चन हुने
-
कोइला–ग्यास निर्यातले मानवअधिकार उल्लङ्घन गरेको भन्दै अष्ट्रेलियाविरुद्ध संयुक्त राष्ट्रसंघमा मुद्दा
-
होटलमा भेट भएकासँग ट्याटु खोप्ने विषयमा विवाद हुँदा हत्या
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण