मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

आइतबार, ०१ चैत २०८२, १७ : २४
आइतबार, ०१ चैत २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गरेकी छिन्।
  • सिन्धुलीका श्रेष्ठलाई ५ वर्षका लागि उक्त पदमा मनोनयन गरिएको हो, जसले ऐनबहादुर शाहीको स्थान लिएका हुन्।
  • श्रेष्ठ समाजशास्त्रमा स्नातकोत्तर र कानुन व्यवसायी हुन्, उनले अब कोषको सञ्चालक समितिको अध्यक्षता गर्नेछन्।

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन् । प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई आगामी ५ वर्षका लागि उक्त पदमा मनोनयन गरेकी हुन् ।

यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनीत गरिएको हो ।

उनले अब कोषको सञ्चालक समितिको अध्यक्षता गर्नेछन् । राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था गरेको छ । 

समाजशास्त्रमा स्नातकोत्तर श्रेष्ठले कानुनमा स्नातक गरेका छन् । सिन्धुलीका उनी कानुन व्यवसायी पनि हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप