दुई छोराछोरीसहित एक महिला बेपत्ता, भेरीको किनारमा भेटियो झोला र मोबाइल
सारांश
- सुर्खेतमा एक महिला र उनका दुई छोराछोरी बेपत्ता भएका छन्।
- उनीहरू आइतबार बिहान घरबाट निस्किएका थिए र भेरी नदी किनारमा उनीहरूको सामान फेला परेको छ।
- प्रहरीले ३५ जनाको टोली बनाएर भेरी नदी आसपास क्षेत्रमा खोजी कार्य जारी राखेको छ।
सुर्खेत । सुर्खेतमा एक महिला आफ्ना दुई छोराछोरीसहित बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा गुर्भाकोट नगरपालिका—१२ पिप्लेकी ३८ वर्षीय माया कठायत, उनकी ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षका छोरा दीपक कठायत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, आइतबार बिहान ७ बजेतिर माया छोराछोरीसहित घरबाट सम्पर्कविहीन भएकी थिइन् । मायाका श्रीमान् भूपेन्द्र कठायतले बेलुका प्रहरी चौकी गुमीमा खबर गरेका थिए ।
त्यसपछि प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमाण्डमा ४ जनाको प्रहरी टोली र स्थानीयहरू खोजतलासमा खटिएका थिए । ‘घरदेखि करिब ३ किलोमिटर पर्ने भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला पर्यो,’ प्रहरी नायव उपरीक्षक बुढ्थापाले भने, ‘यद्यपि उनीहरूको अवस्था अझै अज्ञात छ ।’
प्रहरीले उनीहरू भेरीमा बेपत्ता भएको आशङ्का गरेको छ । उनका अनुसार, हाल भेरी नदीको आसपासको क्षेत्रमा खोजतलासको लागि ३५ जना प्रहरी तथा स्थानीय व्यक्ति मिलेर खोजतलास गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित
-
ट्रम्पको बहुलठ्ठीपनः अमेरिकी साम्राज्यवादको संकट
-
गण्डकीमा थपिँदै रुग्ण आयोजना, ५४ ठुला आयोजना अलपत्र
-
च्यासलमा सुरु भयो एमाले संसदीय दलको बैठक
-
'अमेरिका–इरान सम्झौताको भविष्य प्रतिबद्धताको कार्यान्वयनले तय गर्छ'
-
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण