मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

राखेपको आदेशलाई बेवास्ता गर्दै एन्फाद्वारा साधारण सभाका लागि होटल सेवा खरिद गर्न प्रस्ताव आह्वान

सोमबार, ०२ चैत २०८२, १२ : ५०
सोमबार, ०२ चैत २०८२

सारांश

  • एन्फाले झापामा हुने साधारण सभाका लागि होटल सेवा खरिद गर्न प्रस्ताव आह्वान गरेको छ।
  • इच्छुक सेवा प्रदायकले एन्फाको कार्यालयमा सम्पर्क गरी थप जानकारी लिन सक्नेछन्।
  • प्रस्ताव पेश गर्ने अन्तिम मिति २० मार्च २०२६ दिउँसो १२ बजेसम्म तोकिएको छ।

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले झापामा आयोजना हुने आगामी साधारण सभाका लागि होटल सेवा खरिद गर्न प्रस्ताव (आरएफपी) आह्वान गरेको छ ।

एन्फाले सोमबार प्रकाशित सूचनामार्फत खाना तथा हल र क्याटरिङ सेवासहितको होटल सेवा उपलब्ध गराउन इच्छुक तथा योग्य सेवा प्रदायकबाट प्रस्ताव माग गरेको जनाएको हो ।

एन्फाका अनुसार इच्छुक बोलपत्रदाताले एन्फाको कार्यालय सातदोबाटो, ललितपुरमा पुगेर थप जानकारी लिन तथा बोलपत्र सम्बन्धी कागजात अवलोकन गर्न सक्नेछन् । साथै एन्फाको आधिकारिक वेबसाइटबाट पनि बोलपत्र सम्बन्धी कागजात डाउनलोड गर्न सकिने जनाइएको छ ।

बोलपत्र पेस गर्न चाहनेले कागजात खरिद शुल्क स्वरूप १ हजार रुपैयाँ राजस्व खातामा जम्मा गर्नुपर्नेछ । एन्फाका अनुसार प्रस्तावहरू २० मार्च २०२६ दिउँसो १२ बजेसम्म एन्फा कार्यालय, सातदोबाटो, ललितपुरमा हातोहात वा कुरियरमार्फत पेस गर्नुपर्नेछ ।

एन्फाको निर्वाचन नगर्न यसअघि नै राष्ट्रिय खेलकुद  परिषद् (राखेप) र पाठन उच्च अदालतले आदेश दिइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप