‘इरानमा अमेरिका–इजरायली आक्रमण नेटोको युद्ध होइन’
सारांश
- बेलायतका मन्त्री प्याट म्याकफाडेनले इरानमाथि भएको अमेरिका-इजरायलको सैन्य कारबाही नेटोको युद्ध नभएको बताए।
- उनले नेटो मध्यपूर्वको अवस्थालाई ध्यानमा राखेर बनेको संस्था नभएको बताए, जसमा बेलायत पनि सदस्य राष्ट्र हो।
- बेलायती सेनाका पूर्व प्रमुख निक कार्टरले पनि नेटो सदस्य राष्ट्रले चाहेर युद्ध सुरु गर्न नसक्ने बताए।
काठमाडौँ । बेलायतका मन्त्री प्याट म्याकफाडेनले इरानमाथि भएको अमेरिका–इजरायलको सैन्य कारबाही नेटोको युद्ध नभएको बताएका छन् ।
बीबीसीको रेडियो–४ को ‘टुडे’ कार्यक्रममा बोल्दै उनले नेटो गठबन्धन मध्यपूर्वमा अहिले देखिएको अवस्थालाई ध्यानमा राखेर बनाइएको संस्था नभएको बताएका हुन् । १९४९ मा स्थापना भएको नेटोमा अमेरिका र बेलायतसहित १२ देश सहभागी थिए । यसको प्रमुख सिद्धान्तमध्ये एक ‘आर्टिकल–५’ हो, जसअनुसार कुनै एक सदस्य राष्ट्रमाथि आक्रमण भए सबै सदस्य राष्ट्रमाथि आक्रमण भएको मानिन्छ ।
कार्यक्रममा सहभागी भएका बेलायती सेनाका पूर्व प्रमुख निक कार्टरले पनि नेटो कुनै एक सदस्यले आफ्नो इच्छाअनुसार युद्ध सुरु गर्दा सबैलाई त्यसमा सहभागी हुन बाध्य बनाउने गठबन्धन नभएको बताएका थिए ।
उनको भनाइबारे प्रतिक्रिया दिँदै मन्त्री म्याकफाडेनले कार्टरको टिप्पणी सही भएको बताए । उनले अहिलेको सङ्घर्षलाई नेटोको युद्ध नभई अमेरिका र इजरायलको कारबाहीका रूपमा वर्णन गरेका छन् ।
यद्यपि उनले बेलायत नेटोप्रति गहिरो रूपमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारे । हाल इरान र अमेरिका–इजरायलबिच बढ्दो सैन्य तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था जटिल बनेको छ र यसले अन्तर्राष्ट्रिय राजनीतिक तथा सुरक्षा समीकरणलाई पनि प्रभावित गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
-
चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
-
एआईले बदल्ला क्यान्सरका बिरामीको जीवन ?
-
रास्वपाको आर्थिक नीति : उदार बजार अर्थतन्त्र, सामाजिक न्याय
-
राजनीतिक व्यक्तिलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तरद्वन्द्वतर्फ जान्छ : झलनाथ खनाल
-
गृहमन्त्रीको खाजामा माछाको काँडा प्रकरण : ‘चाडपर्व र भीआईपीका बेला मात्र होइन, वर्षभरि अनुगमन गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण