नाइजेरियामा भएको आक्रमणमा २३ जनाको मृत्यु, सय भन्दा बढी घाइते
काठमाडाैँ । उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा कम्तिमा २३ जनाको मृत्यु हुनुका साथै एक सय भन्दा बढी घाइते भएको प्रहरीले मङ्गलबार जनाएको छ।
यस अघि सैन्य केन्द्रमा भएको आक्रमण र डिसेम्बरमा मस्जिदमा भएको बम विष्फोट र आक्रमणहरूले सहर अशान्त बनेको छ भने नाइजेरियाको लामो समयदेखि चलिरहेको विद्रोह ग्रामीण भित्री इलाकामा धकेलिएपछि समस्या झनै बढेको छ।
बोको हराम र प्रतिद्वन्द्वी जिहादी समूह इस्लामिक स्टेटले वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी) का लडाकुहरूले हालै उत्तरपूर्वी नाइजेरियामा आक्रमण बढाएको जनाइएको छ।
उनीहरूको १६ वर्ष देखिको यो अभियानले ४० हजार भन्दा बढी मानिसहरूको ज्यान लिएको छ भने करिब २० लाख विस्थापित भएका छन्। प्रहरी प्रवक्ता नाहुम केनेथ दासोले प्रारम्भिक अनुसन्धानले घटना संदिग्धहरूले गरेको खुलासा गरेको उल्लेख गर्नु भएको भने विज्ञप्ति जारी गर्दै प्रहरीले घटनाको पुष्टि गरेको छ।
एक जिहादी विरोधी सदस्यलाई उदृत गर्दै एएफपीले विस्फोटबाट मृत्यु हुनेहरूको सङ्ख्या ३१ पुगेको हुन सक्ने बताएको छ।
आक्रमणकारीहरूले सहरको मुख्य बजार, मैदुगुरी विश्वविद्यालय शिक्षण अस्पतालको गेट र हुलाक कार्यालय फ्लाइओभर वरपरको क्षेत्रमा आक्रमण गरेको जनाइएको छ।
मङ्गलबारको बयानमा प्रहरीले प्रभावित क्षेत्रहरूको सामान्य अवस्था पुनःस्थापित गरी सकेको र सुरक्षा बलले मैदुगुरी र यसको वरपरको क्षेत्रमा थप घटना हुन नदिन निगरानी बढाएको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण