सीताराम गोकुल मिल्क्सको दूध मापदण्ड विपरीत, ५१९ क्रेट दूध बिक्रीमा रोक
सारांश
- कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले तोकिएको मापदण्ड पूरा नगरी दूध बिक्री गरिरहेको फेला परेको छ।
- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमनमा दूधमा चिल्लो पदार्थ कम पाइएपछि ५१९ क्रेट दूध बिक्रीमा रोक लाग्यो।
- विभागले गुणस्तरहीन दूध उत्पादन र बिक्री गर्नेलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गर्ने जनाएको छ।
काठमाडौँ । काठमाडौँको कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले सरकारले तोकेको न्यूनतम मापदण्ड पूरा नगरी दूध बिक्री गरिरहेको फेला परेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनका क्रममा उक्त उद्योगको प्रशोधित दूधमा चिल्लो पदार्थ निकै कम पाइएपछि ५१९ क्रेट दूध बिक्री वितरणमा रोक लगाइएको छ ।
विभागका अनुसार हिजो सोमबार गरिएको नियमित अनुगमनका क्रममा उक्त कैफियत फेला परेको हो । नेपाल सरकारले प्रशोधित दूधका लागि न्यूनतम ३.० प्रतिशत चिल्लो पदार्थ हुनुपर्ने अनिवार्य मापदण्ड तोकेको छ । तर सीताराम गोकुल मिल्क्सको ब्याच नं. २८६१ (उत्पादन मिति २०८२–१२–०२) को दूधमा मात्र १.४ प्रतिशत चिल्लोपना पाइएको विभागले जनाएको छ ।
उद्योगको लगबुकमा समेत १.४ प्रतिशत मात्र उल्लेख भएको र उद्योगकै प्रयोगशालामा परीक्षण गर्दा पनि सरकारी मापदण्डभन्दा कम चिल्लोपना पुष्टि भएको विभागको प्रेस नोटमा उल्लेख छ ।
५१९ क्रेट दूध रोक्का
बिक्रीका लागि कोल्ड स्टोरमा तयारी अवस्थामा राखिएको ५१९ क्रेट दूध (प्रति क्रेट ५०० मिलिलिटरका २० पोका) लाई विभागले ’खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को दफा (३३) बमोजिम बिक्री वितरण नगर्न निर्देशन दिँदै रोक्का राखेको छ ।
विभागकी प्रवक्ता डा. बाल कुमारी शर्माका अनुसार उक्त ब्याचको दूधको नमुना संकलन गरी थप अनुसन्धानका लागि प्रयोगशालामा परीक्षण गर्न पठाइएको छ । गुणस्तरहीन खाद्य वस्तु उत्पादन र बिक्री वितरण गर्नेमाथि कानुनी कारबाही अघि बढाइने विभागले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण