सैन्य सुरक्षामा स्ट्रेट अफ हर्मुज खोल्नु राम्रो विकल्प होइन–आईएमओ
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा सैन्य सुरक्षामा जहाजहरू आवागमन गराउन भनिरहेका छन् । उनको यस योजनामा देशहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।
यसैबिच संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ)ले यसरी हर्मुजबाट जहाजहरू आरपार गराउनु दिगो वा सुनिश्चित सुरक्षा उपाय नभएको बताएको छ ।
सैन्य कूटनीतिक मार्गदर्शनले जोखिम घटाउने भए पनि जहाजहरूको १०० प्रतिशत सुरक्षा ग्यारेन्टी गर्न नसकिने आएमओका आर्सेनियो डोमिन्गुएजले भनेका छन् । यसो गर्दा व्यापारी जहाज र चालकदल अझै जोखिममा रहन सक्नेमा उनले जोड दिएका छन् । इरानले आफ्ना शत्रु राष्ट्रहरूका लागि स्ट्रेट बन्द गर्ने धम्की दिइसकेको छ । यसले पनि यो मार्ग अत्यन्त संवेदनशील बनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले स्ट्रेट अफ हर्मुज सुरक्षित गर्न अन्तर्राष्ट्रिय नौसैनिक गठबन्धन बनाउन आह्वान गरेका छन् । तर युरोपका धेरै नेताहरूले यस प्रस्तावलाई अस्वीकृत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण