संसद्मा विपक्षी नै नरहोस् भन्ने सोच गलत : मिनेन्द्र रिजाल
मङ्गलबार, ०३ चैत २०८२, १६ : ००
सारांश
- मिनेन्द्र रिजालले संसदमा विपक्षी नहोस् भन्ने सोच गलत भएको बताए।
- रास्वपाले आयोजना गरेको कार्यक्रममा उपसभापति डिपी अर्यालले विपक्षी दलविहीन बनाउने धारणा राखेका थिए।
- रिजालले लोकतन्त्रमा सशक्त विपक्षीको भूमिका आवश्यक रहेको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसद्मा विपक्षी नै नहोस् भन्ने सोच गलत भएको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रिजालले यस्तो बताएका हुन् ।
आज रास्वपाले आयोजना गरेको नवनिर्वाचित सांसदको अभिमुखीकरण कार्यक्रममा पार्टीका उपसभापति डिपी अर्यालले आगामी संसद् विपक्षी दलबिहीन बनाउने धारणा राखेका थिए ।
नेता रिजालले लोकतन्त्रमा सशक्त विपक्षीको भूमिका अपरिहार्य हुने भएकाले त्यस्तो सोच लोकतान्त्रिक अभ्याससँग मेल नखाने बताए ।
उनले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति टिप्पणी गर्दै भने,‘सरकारले राम्रो काम गरोस् भन्ने सबैको चाहना हुनु स्वाभाविक भए पनि “सरकार राम्रो चलोस् तर विपक्षी नै नरहोस्” भन्ने सोच गलत हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण