कन्वेको अर्धशतकमा दक्षिण अफ्रिकामाथि न्युजिल्यान्डको शानदार जित, सिरिज १–१ ले बराबरी
काठमाडौँ । डेभन कन्वेले अर्धशतक प्रहार गर्दै न्युजिल्यान्डलाई दक्षिण अफ्रिकामाथि शानदार जित दिलाएका छन् । मंगलबार भएको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा डेभन कन्वे को उत्कृष्ट ब्याटिङ र बलिङ आक्रमणको सहयोगमा न्युजिल्यान्डले दक्षिण अफ्रिका लाई ६८ रनले पराजित गर्दै पाँच खेलको सिरिज १–१ ले बराबरी गरेको छ ।
ह्यामिल्टनस्थित सेडन पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । टोलीका लागि कन्वेले ४९ बलमा ६० रन बनाउँदै महत्वपूर्ण योगदान दिए । उनले आफ्नो इनिङ्समा पाँच चौका र दुई छक्का प्रहार गरे ।
जवाफमा दक्षिण अफ्रिकाको टोली १५ ओभर ३ बलमा मात्र १०७ रनमा अलआउट भयो । न्युजिल्यान्डका तीव्र गतिका बलर बेन सियर्स र लकी फर्गुसन ले समान तीन–तीन विकेट लिएर विपक्षीलाई सस्तैमा समेटे ।
यसअघि पहिलो खेलमा दक्षिण अफ्रिकाले माउन्ट माउनगानुईमा ७ विकेटले जित हात पारेको थियो । हालै सम्पन्न टी–२० विश्वकपमा न्युजिल्यान्ड फाइनलमा भारतसँग पराजित भएको थियो भने सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराएको थियो ।
कन्वेले खेलमा संयमित आक्रामक प्रदर्शन गर्दै आफ्नो १३औं अर्धशतक पूरा गरे । विश्वकपभर मैदान बाहिर रहेका उनले यस खेलमा अवसर पाएपछि उत्कृष्ट प्रदर्शन गर्न पाउँदा खुसी व्यक्त गरे ।
अन्तिम समयमा जोस क्लार्कसनले अविजित २६ रन जोड्दा दक्षिण अफ्रिकाका अलराउन्डर वियान मुल्डर ले २ विकेट लिए । दक्षिण अफ्रिकाको इनिङ्स ३१ रनमा ३ विकेट गुमाएपछि दबाबमा परेको थियो । अन्त्यतिर लगातार विकेट गुमाउँदा टोली पुनरागमन गर्न सकेन । यद्यपि जर्ज लिन्डे ले सर्वाधिक ३३ रन बनाए ।
सिरिजको तेस्रो खेल शुक्रबार अकल्यान्ड हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण