उज्यालो नेपाल पार्टीले भन्यो– जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस्
सारांश
- उज्यालो नेपाल पार्टीले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।
- पार्टीले प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्न र ढिलाइ भए स्पष्ट जानकारी दिन माग गरेको छ।
- पीडितलाई न्याय दिन र भविष्यमा यस्ता घटना रोक्न सुरक्षा योजना बनाउन पनि माग गरिएको छ।
काठमाडौँ । उज्यालो नेपाल पार्टी(उनेपा)ले जेनजी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । मंगलबार पार्टीका प्रवक्ता डा. राजु थापाले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिवेदन सार्वजनिकको माग गरेका हुन् । यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरी दोषी उपर कडा कारबाही गर्न जोडदार माग गरिएको छ ।
प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको हो भने त्यसबारे स्पष्ट आधिकारिक जानकारी र समयसीमा सार्वजनिक गर्न माग गरिएको छ ।
प्रतिवेदनका निष्कर्ष र सिफारिसका आधारमा जिम्मेवार पक्षमाथि निष्पक्ष, पारदर्शी र कानूनसम्मत प्रक्रिया तत्काल अघि बढाउनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पीडित, घाइते, मृतकका परिवार तथा प्रभावित समुदायलाई सत्य, न्याय र परिपूरणको अनुभूति हुनेगरी आवश्यक निर्णय गर्न समेत माग गरिएको छ ।
भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रको आचरण, भीड व्यवस्थापन, आदेश प्रणाली, मानव अधिकार संरक्षण तथा नागरिक स्वतन्त्रताको प्रत्याभूति सम्बन्धी स्पष्ट सुधारात्मक योजना सार्वजनिक गर्न समेत माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण