चेल्सीलाई ३–० ले हराउँदै पीएसजी क्वाटरफाइनलमा प्रवेश
सारांश
- पीएसजीले चेल्सीलाई ३-० गोलले पराजित गर्दै च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गरेको छ।
- खेलको सुरुमै क्वारात्स्केलिया र बारकोलाको गोलले पीएसजीलाई अग्रता दिलायो।
- मयुलुको गोलले पीएसजीलाई ३-० को अग्रता दिलायो, चेल्सी गोल गर्न असफल रह्यो।
काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ को दोस्रो लेगमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले चेल्सीलाई ३–० गोल अन्तरले पराजित गरेको छ । यस सानदार जितसँगै पीएसजीले समग्रमा ८–२ को फराकिलो नतिजासहित प्रतियोगिताको अर्को चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
खेलको सुरुवातमै पीएसजीले घरेलु टोली चेल्सीविरुद्ध दबाब सिर्जना गरेको थियो । खेलको ६ औँ मिनेटमा ख्विचा क्वारात्स्केलियाले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाए । त्यसको केही मिनेट लगतै, खेलको १४ औँ मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा पनि पीएसजीले आफ्नो लय कायम राख्यो । खेलको ६२ औँ मिनेटमा सेनी मयुलुले गोल गरेपछि पीएसजी ३–० को सहज स्थितिमा पुग्यो । चेल्सीले गोल फर्काउने प्रयास गरे तापनि सफल हुन सकेन र खेल पीएसजीको पक्षमा समाप्त भयो ।
पहिलो लेगमा समेत अग्रता बनाएको पीएसजीले दुवै लेगको नतिजा जोडेर समग्रमा ८–२ को विशाल अन्तर कायम गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ । पराजित चेल्सी भने प्रतियोगिताबाट बाहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण