ट्रेडमार्क विवाद : नेपाली उद्योगविरुद्धको उजुरीमा सरकारले दियो ७ दिने अल्टिमेटम
सारांश
- उद्योग विभागले ट्रेडमार्क विवादमा परेका नेपाली उद्योगहरूलाई सात दिनभित्र लिखित जवाफ दिन अल्टिमेटम दिएको छ।
- विभिन्न बहुराष्ट्रिय कम्पनीको उजुरीपछि विभागले ११ वटा उद्योगलाई जवाफ पठाएको थियो, तर सुनुवाइ भएन।
- विभागले तोकिएको समयमा जवाफ नदिए कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।
काठमाडौँ । विश्वविख्यात बहुराष्ट्रिय कम्पनीहरूले आफ्ना ट्रेडमार्क (ब्रान्ड) सँग नाम र लोगो जुधाएको भन्दै नेपाली उद्योगहरूविरुद्ध दिएको उजुरीउपर उद्योग विभागले सक्रियता बढाएको छ ।
विभागले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै उजुरी परेका ११ वटा नेपाली उद्योगहरूलाई सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन अन्तिम अल्टिमेटम दिएको हो।
विभागले यसअघि नै सम्बन्धित उद्योगहरूको ठेगानामा लिखित प्रतिक्रिया माग गर्दै पत्र पठाए पनि हालसम्म कुनै जवाफ नआएको र म्याद तामेली प्रतिवेदन समेत प्राप्त नभएकाले सार्वजनिक सूचना जारी गर्नुपरेको जनाएको छ।
'सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र विभागको कानुन शाखामा सबुत प्रमाणसहित लिखित प्रतिक्रिया पेस गरी हाजिर हुनहुन सूचित गरिन्छ,' विभागको सूचनामा उल्लेख छ। तोकिएको म्यादभित्र लिखित प्रतिक्रिया नआएमा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने र पछि कुनै उजुरी नलाग्ने चेतावनी समेत विभागले दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण