भद्रपुरमा सशस्त्रको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
सारांश
- चैत्र ३ गते झापाको भद्रपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो।
- सशस्त्र प्रहरी बलको स्थापना दिवसको अवसरमा शिविर आयोजना गरिएको थियो।
- शिविरमा ३१५ जनाको स्वास्थ्य परीक्षण गरियो र निःशुल्क औषधि वितरण गरियो।
झापा । चैत्र ३ गते झापा जिल्लाको भद्रपुर नगरपालिका–३ हातिमारास्थित अरनिको माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय पकली सुनसरीको २५औँ स्थापना दिवस (रजत महोत्सव)को अवसरमा नं। २ गण झापाको आयोजना तथा बी एण्ड सी अस्पताल बिर्तामोड र फिल्ड अस्पताल पकलीको सहकार्यमा उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको उक्त स्वास्थ्य शिविरमा नं। २ गण झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिका प्रसाद जोशी लगायत भद्रपुर नगरपालिकाका वडा अध्यक्षहरू, विभिन्न अस्पतालका चिकित्सक तथा झापा जिल्लास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।
सो क्षेत्रमा बसोबास गर्ने सीमावासी तथा स्थानीयहरुको निःशुल्क स्वास्थ्य जाँच गर्ने अभिप्रायले सञ्चालन गरिएको स्वास्थ्य शिविर कार्यक्रममा १ सय ७५ जना महिला र १ सय ४० जना पुरुष गरी ३ सय १५ जनाको स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण